म्याराथनमा सन्तोषी श्रेष्ठले जितिन राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक - Chaitanya News
  • 2026-06-07
  • 16:52:49
  • आइतबार,जेठ २४, २०८३
  • म्याराथनमा सन्तोषी श्रेष्ठले जितिन राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक

    म्याराथनमा सन्तोषी श्रेष्ठले जितिन राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक

    काठमाडौं– बंगलादेशको ढाकामा भएको बंगबन्धु सेख मुजिब ढाका म्याराथनमा सन्तोषी श्रेष्ठले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन्। उनले निर्धारित दुरी २ घण्टा ४६ मिनेट २२ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन्।

    उनले यसअघि नेपालकै पुष्पा भण्डारीको नाममा रहेको २ घण्टा ४८ मिनेट ०२ सेकेण्ड दुरीको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएकी हुन्। यसअघि मध्यम दुरीमा दौडिँदै आएकी सन्तोषीको यो प्रतियोगिता डेब्यू म्याराथन हो।

    सन्तोषी ४ वर्षअघि काठमाडौंमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को एथलेटिक्सको १० हजार मिटर दौडकी स्वर्ण विजेता हुन्।

    बंगबन्धु सेख मुजिब ढाका म्याराथनमा पुष्पा भण्डारी दोस्रो भइन्। उनले २ घण्टा ४९ मिनेट ३४ सेकेण्डको समय निकालिन्। उनी ढाका म्याराथनमा गतसंस्करणाकी स्वर्ण विजेता हुन्।

    यस्तै पुरुषतर्फको स्पर्धामा खडगबहादुर खड्का तेस्रो भएका छन्। उनले २ घण्टा १८ मिनेट ३२ सेकेण्डको समय निकाले।

    महिलातर्फ विन्द्राधन्के श्रेष्ठ पाँचौं स्थानमा रहिन्। उनले ३ घण्टा ४ मिनेटको समय नि।

    नेपालबाट ३ पुरुष र ४ महिला गरी ७ खेलाडीले भाग लिएकोमा महिलातर्फ २ र पुरुषतर्फ १ जनाले पदक जितेका हुन्।