काठमाडौँ– आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा आज नेपालले अफगानिस्तानसँग खेल्दैछ।
यसअघि भएका दुई वटा खेलमा नेपाल पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएको थियो। पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो।
अफगानिस्तानले पनि यसअघि भएका दुवै खेलमा हार ब्यहोरेको छ। आजको खेल जितेमा नेपाल सुपर सिक्समा पुग्ने सम्भावना छ। प्रतियोगितामा ४ वटा समूहमा गरी २० वटा टोली छन्। हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन्।
प्रतियोगिता यही माघ २८ गतेसम्म चल्नेछ। नेपाल प्रतियोगिताको समूह ‘डी’मा छ। नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान छन्।