फिल्म ‘नाइँ नभन्नु ल ६’ मा केकीको पनि ‘इन्ट्री’ - Chaitanya News
  • 2026-04-26
  • 07:19:09
  • आइतबार,बैशाख १३, २०८३
  • फिल्म ‘नाइँ नभन्नु ल ६’ मा केकीको पनि ‘इन्ट्री’

    फिल्म ‘नाइँ नभन्नु ल ६’ मा केकीको पनि ‘इन्ट्री’

    काठमाडौं– अभिनेत्री केकी अधिकारी नेपाली फिल्म ‘नाइँ नभन्नु ल ६’मा आवद्ध भएकी छिन्। केकी फिल्मको सुटिङमा सहभागी भैसकेकी छिन्। उनी अहिले फिल्म यूनिटसँग झापामा छिन्। केहिदिन देखि झापामा यो फिल्मको सुटिङ भैरहेको छ।

    फिल्मका लागि अझैं दुई साता व्यस्त रहने केकीले बताएकी छिन्। फिल्ममा केकी अधिकारीको चर्चा थिएन्। तर उनको महत्वपूर्ण भूमिका रहेको बताइएको छ।

    यो फिल्ममा आँचल शर्माका साथमा आर्शिवाद बरालले शिर्ष भूमिका निर्वाह गर्ने छन्। विकाशराज आचार्यको निर्देशनमा छायांकन भैरहेको यो फिल्म आगामी बैशाख १ गतेबाट रिलिज गर्ने निर्माण पक्षले जनाएको छ।

    फिल्मको पटकथा लेखनमा निर्देशक आचार्यसँग सामीप्यराज तिमिल्सिना र अरुणदेव जोशीले सहकार्य गरेका छन्। आख्यान फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा सिविन दाहाल र सञ्जय न्यौपानेले लगानी गरेका छन्।