यू(१९ विश्वकपमा आज नेपाल र पाकिस्तान भिड्दै - Chaitanya News
  • 2026-06-07
  • 15:22:11
  • आइतबार,जेठ २४, २०८३
  • यू(१९ विश्वकपमा आज नेपाल र पाकिस्तान भिड्दै

    यू(१९ विश्वकपमा आज नेपाल र पाकिस्तान भिड्दै

    काठमाडौँ– आइसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ। समूह डीमा रहेको नेपाल र पाकिस्तानबीचको खेल दिउँसो पौने २ बजे सुरु हुनेछ।

    पहिलो खेलमा न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको नेपाल पाकिस्तानसँग जीत निकाल्ने लक्ष्यमा छ। उता पाकिस्तान भने लगातार दोस्रो जीतको खोजीमा मैदान प्रवेश गर्नेछ। पाकिस्तानले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो। समूह डीमा न्युजिल्याण्ड लगातार २ खेल जित्दै ४ अंकका साथ शीर्ष स्थानमा रहँदा पाकिस्तान २ अंक लिएर दोस्रो स्थानमा छ।

    न्युजिल्याण्डविरुद्धको खेलमा भएका गल्ती सुधार गर्दै मैदान उत्रने लक्ष्यमा नेपाली टिम रहेको छ।

    उमेर समूहमा नेपाल र पाकिस्तान २ पटक भिड्दै दुवै टिमले एक एक खेल जीतेका छन्। एक खेल भने रद्द भएको थियो।

    नेपाली टिम
    देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे,दुर्गेश गुप्ता,गुलशन कुमार झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल,तिलकराज भण्डारी र आकाश चन्द।