प्रधानमन्त्री कप: रिजनको उत्कृष्ट बलिङसँगै कर्णाली ७८ रनमा अल आउट - Chaitanya News
  • 2026-08-01
  • 17:20:39
  • शनिबार,साउन १६, २०८३
  • प्रधानमन्त्री कप: रिजनको उत्कृष्ट बलिङसँगै कर्णाली ७८ रनमा अल आउट

    प्रधानमन्त्री कप: रिजनको उत्कृष्ट बलिङसँगै कर्णाली ७८ रनमा अल आउट

    काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बायाँ हाते तीव्र गतिका बलर रिजन ढकालको उत्कृष्ट बलिङमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई ७८ रनमा अल आउट गरेको छ।

    माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कर्णाली २४.२ ओभरमा ७८ रनमा अल आउट भयो।

    कर्णालीका विकेटकिपर अर्जुन घर्तीले १९ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक २३ रन बनाए।

    निश्चल रावल ४१ बलमा ३ चौकासहित १३ रनमा आउट भए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

    ओपनर रविन्द्र शाही ३, दीपेन्द्र रावत १, विपिन शाही ६, आदित्य शाह १ र हिमान्शु शाही ६ रनमा आउट भए।

    बागमतीका रिजन ढकालले ७ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ५ विकेट लिए। कृर्जन गुरुङले २, प्रतिश जि।सी, सूर्य तामाङ र विपिन आचार्यले १–१ विकेट लिए।