प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिमविरुद्ध अनिल साहको अर्धशतक - Chaitanya News
  • 2026-10-07
  • 01:48:59
  • मंगलबार,आश्विन २०, २०८३
  • प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिमविरुद्ध अनिल साहको अर्धशतक

    प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिमविरुद्ध अनिल साहको अर्धशतक

    काठमाडौं– प्रधानमन्त्री कप क्रिकेटमा मधेश प्रदेशका अनिल साहले अर्धशतक पूरा गरेका छन्।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उनले सुदूरपश्चिमविरुद्ध ३५ बलमै अर्धशतक पूरा गरेका हुन्। उनले ६ चौका र २ छक्का हानेका हुन्।

    जारी प्रतियोगितामा अनिलको यो दोस्रो अर्धशतक हो। यसअघि उनले कोशी प्रदेशविरुद्ध ८८ रन बनाएका थिए। कर्णाली प्रदेशविरुद्धकको खेलमा भने उनी अर्धशतक पूरा गर्नबाट ६ रनले चुकेका थिए।