आईसीसी यू–१९ विश्वकपमा नेपालविरुद्ध १५ ओभरमा न्युजिल्यान्डको तीन विकेट गुमाएर ६९ रन - Chaitanya News
  • 2026-06-07
  • 15:21:19
  • आइतबार,जेठ २४, २०८३
  • आईसीसी यू–१९ विश्वकपमा नेपालविरुद्ध १५ ओभरमा न्युजिल्यान्डको तीन विकेट गुमाएर ६९ रन

    आईसीसी यू–१९ विश्वकपमा नेपालविरुद्ध १५ ओभरमा न्युजिल्यान्डको तीन विकेट गुमाएर ६९ रन

    काठमाडौँ–  आईसीसी यू–१९ विश्वकप क्रिकेटको आइतबार खेलिएको नेपालविरुद्धको खेलमा न्युजिल्यान्डले १५ ओभर सकिँदासम्म तीन विकेट गुमाएर ६९ रन बनाएको छ। नेपाली बलर सुवाष भण्डारी, दिपेश कँडेल र तिलक भण्डारीले एक–एक विकेट लिएका हुन्।

    न्युजिल्यान्डले पहिलो विकेटका रुपमा ओपनर लुक वाट्सनलाई १४ रनको ब्यक्तिग स्कोरमा गुमाएको थियो। उनलाई सुवाष भण्डारीले बोल्ड गरेका थिए। त्यतिबेला न्युजिल्यान्डले ५३ रन बनाएको थियो। दोस्रो विकेटका रुपमा न्युजिल्यान्डले टम जोन्सलाई ३३ रनको ब्यक्तिगत स्कोरमा गुमाएको थियो।

    टमलाई तिलक भण्डारीले बोल्ड गरेका थिए। दोस्रो विकेट गुमाउँदा न्युजिल्यान्डले ६६ रन बनाएको थियो। तेस्रो विकेटका रुपमा ओलिभर टेवाटिया शून्य रनमै पेभेलियन फर्किएका थिए। उनलाई दिपेश कँडेलले विकेटकिपर उत्तम रंगु थापामगरद्वारा क्याच गराएका थिए। त्यतिबेला न्युजिल्यान्डले ६७ रन बनाएको थियो।

    उक्त खेलमा न्युजिल्यान्डले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो। जारी प्रतियोगितामा नेपालले पहिलो खेल खेलिरहेको हो। यू–१९ विश्वकपको यसअघिको संस्करणमा नेपालले दुईपटक न्युजिल्यान्डलाई हराइसकेको छ।