प्रधानमन्त्री कप: साहब आलमको घातक बलिङ, कोशी ८८ रनमा अलआउट - Chaitanya News
  • 2026-06-07
  • 15:21:19
  • आइतबार,जेठ २४, २०८३
  • प्रधानमन्त्री कप: साहब आलमको घातक बलिङ, कोशी ८८ रनमा अलआउट

    प्रधानमन्त्री कप: साहब आलमको घातक बलिङ, कोशी ८८ रनमा अलआउट

    काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका साहब आलमले घातक बलिङ गरेपछि कोशी प्रदेश ८८ रनमा अल आउट भएको छ।

    आलम एक्लैलै ६ विकेट लिएको खेलमा कोशी प्रदेश २४.४ ओभरमा ८८ रन बनाउँदै अलआउट भएको हो। आलमले ६.४ ओभरमा ३ मेडनसहित मात्र १४ रन दिएर ६ विकेट लिएका हुन्।

    १२.२ ओभरमा ७० रनमा ३ विकेट गुमाएको कोशीको ब्याटिङ बाँकी १८ रन जोड्दा थप ७ विकेट गुमाएको थियो। कोशीका लागि कप्तान अंकित सुवेदीले सर्वाधिक ४१ रन बनाए। उनले ३७ बलमा ९ चौका प्रहार गरेका हुन्।