तपाँईको आजको राशिफल - Chaitanya News
  • 2026-11-19
  • 16:17:08
  • बिहिबार,मंसिर ०४, २०८३
  • मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    आज कुनै समाचारले मनमा शान्ति छाउला। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। बौद्धिक काममा सफलता पनि मिल्नेछ।

    बृष– इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    आतिथ्यपूर्ण सम्मान पाइएला । वैदेशिक कार्य अघि बढ्नेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन । तर यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

    मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, ह
    आज न्यायिक कार्यमा सफलता मिल्नेछ। धार्मिक तथा समाज सेवामा मन लाग्नेछ, तर लत्ता कपडामा बढी धन खर्च पनि हुनसक्छ।

    कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    आज प्रेम र मित्रताको बन्धन कसिने बेला छ। नयाँ कार्यको योजना बन्नेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। दिनको उत्तरार्ध सुखद् रहनेछ।

    सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    शुभकार्यको चर्चा चल्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ।

    कन्या– टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    दाम्पत्य सुखले प्रफुल्लित भइनेछ। अधुरो काम पूरा हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। व्यवसायका लागि यात्राको सम्भावना पनि छ।

    तुला– र, रि, रु, रे, रो, ता, ति, तु, ते
    अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। महत्त्वपूर्ण अवसर गुम्न सक्छ। घर परिवारमा झैझमेलाको अवस्था आउला, तर यात्रा फलदायी हुनेछ।

    बृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
    नयाँ कमको थालनी हुनेछ। धार्मिक यात्राको योग छ। अचल सम्पत्ति हात पर्ला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ।

    धनु– ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    आज आम्दानी प्रशस्तै बढ्नेछ। प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ। आर्थिक क्षेत्रमा पनि राम्रो सफलता मिल्ला। शेयर बजारले पनि साथ दिनेछ।

    मकर– भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    आज आँटेको र ताकेको कार्य पुरा होला। ठीक समयमा सही निर्णय लिन सकिनेछ। बोलीको प्रभाव पनि बढ्नेछ। शुभकार्यको चर्चा चल्नेछ।

    कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, द
    महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । मन कमजोर रहने र मनमा गलत विचारमा पनि आउन सक्छ, सचेत रहनुहोला, तर नयाँ कमको योजना बन्नेछ।

    मीन– दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    तपाईंको प्रस्तावमा छोराछोरीको पूर्ण समर्थन रहनेछ। कल्पना र भावुकतामा धेरै समय बित्नसक्छ, याद गर्नुहोला, आज अलि मिहिनेत गरेमा मात्र सफलता मिल्ने दिन छ।