धनगढीमा रहेको चैतन्य पाठशाला स्कुलले मनायो माघी मिलन कार्यक्रम - Chaitanya News
  • 2026-05-25
  • 08:53:19
  • सोमबार,जेठ ११, २०८३
  • धनगढीमा रहेको चैतन्य पाठशाला स्कुलले मनायो माघी मिलन कार्यक्रम

    धनगढीमा रहेको चैतन्य पाठशाला स्कुलले मनायो माघी मिलन कार्यक्रम

    कैलाली– धनगढी उपमहानगरपालिका ५ शिवनगरमा रहेको चैतन्य पाठशाला स्कुलले माघी मिलन कार्यक्रम २०८० मनाएको छ। शिक्षासँगै संस्कारलाई जोड दिँदै आएको पाठशालाले थारु कला संस्कृति जोग्रेना सहित प्रर्बधन गर्न माघी मिलन कार्यक्रम आयोजना गरी मनाइएको हो।

    माघी मिलन कार्यक्रममा विभिन्न नाच गान बिद्यार्थीहरुले प्रस्तुत गरेका थिए। यस्तै बिद्यार्थीहरुले थारु परिकार, सुदूरपश्चिमको मौलिक खानाका परिकार पाठशालाले प्रदर्शनी गरेका थिए। कार्यक्रमको स्वागत मन्तव्य व्यक्त गर्दै चैतन्य पाठशालाका सहायक प्रधानाध्यापक कटक बहादुर सिहँले कला र सभ्यता सँगै संस्कृति जोगाउने गर्ने हाम्रो पहिलो उद्देश्य रहेको बताए । चौधरी जातीले विशेष माघी मान्ने भएकाले यसलाई जोग्रेना गर्ने उद्देश्य हो।
    शिक्षासँगै कला र संस्कृतिको मूल्य मान्यता बिद्यार्थीहरुमा जागृति गराउने र दक्ष, क्षमता वान, अब्बल विद्यार्थी उत्पादन गर्ने उद्देश्य चैतन्य पाठशालाको रहेको बताउँदै माघी मिलनको पर्वको शुभकामना दिए। थारु जातीको विशिष्ट पहिचान बोकेको कला संस्कृतिको प्रदर्शन गराएर र विद्यार्थीलाई विद्यालयमा पाठ्यपुस्तकमा मात्रै सीमित नराखेर र ज्ञान सिप र कला संस्कृति र पहिचानलाई दैनिक व्यवहारमा लागु गराउन र पूर्वीय दर्शनको मान्यतालाई आधार गर्दै त्यसभित्र महान् कुरालाई आत्मसाथ गराइने उनले बताए।

    यस्तै उनले भने, आज हाम्रो बदलिँदो परिस्थितिमा आधुनिकताको नाममा विदेशी संस्कृति अङ्गालिरहँदा हाम्रो संस्कृति छायामा पर्न सक्ने परिस्थिति सिर्जना भएको अवस्थामा छ, हामी विद्यालय तहमा शिक्षाकर्मीहरूले यस किसिमको कुराहरूलाई पाठ्यपुस्तकमा मात्र नराखेर व्यवहार मा, दैनिक जीवनमा, समाजमा र समुदायमा भएका कुराहरूलाई यसरी समुदायलाई जोडेर एक प्रकारको अभियान सुरु गरेको छ। हामीले एक अर्कोको कला संस्कृतिको सम्मान गर्नुछ उनले भने।

    संस्कृतिलाई जीवन्त राख्नलाई भावी पुस्तालाई पनि संस्कृति हस्तान्तरण गर्न कलिला बालबालिकाहरूलाई संस्कृति भनेको कहो हाम्रो थारु संस्कृति भित्र रहेको माघी मिलन, माघी कार्यक्रम, ढिक्री भनेको के हो, भल्भन्सा कार्यक्रम,थारु अगुवा उनले भने, भल्भन्सा कार्यक्रमलाई कानुनी मान्यता दिएको छ। भल्भन्साको समाजमा योगदान,व्यवस्थापन तथा रूपान्तरण गर्न समाजलाई आधुनिकतामा डो¥याउन योगदान दिएकोमा ती अग्रजहरूलाई सम्मान गरिएको बताए। बिद्यार्थीहरुलाई जीवन उपयोगी सिप,कला संस्कृति, नैतिक मूल्य र मान्यता, समाजप्रतिको आदर्श, मान्यजनप्रति आदर भाव, सामूहिक भावनाका कुराहरूको ज्ञान दिन सके बालबालिकाहरूलाई भोलीको भविष्यको असल नागरिक बन्ने बताए। जिम्मेवार व्यक्ति बनाएर देशलाई समृद्धिको बाटोमा अगाडी बढाउन सक्ने सहायक प्रधानाध्यापक कटक सिंहले बताए। यो अभियानमा सबैको साथ रहने बताए।

    यस्तै चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि चैतन्य पाठशालाका प्रमुख सल्लाकार चैतन्य ईन्सिच्युट रिसर्च एण्ड डेभलपमेन्ट अध्यक्ष डा. हेमराज पन्त रहेका थिए। प्रमुख अतिथि डा।पन्तले कला संस्कृतिलाई हामी सबैले जोग्रेर्ना गर्नुपर्ने बताएका थिए। उनले हाम्रो सुदूरपश्चिमको पहिचान, कला संस्कृतिलाई हामीले भुल्न नहुने भन्दै भोलिको पुस्ताले संस्कृतिबारे हामीले जोग्रेना गरेन भने भोली आउने पुस्ताले थाहा समेत नपाउने बताए। त्यस्ता लागी संस्कृतिलाई बचाउन हामीले आ आफ्नो तर्फबाट लाग्नुपर्ने जोड दिन आग्रह गरे। यसमा आफूबाट हुने कुनै पनि सहयोगि हातहरु सधैँ अगाडी बढाई रहन जहिले पनि आफू तयार रहेको बताए।

    पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि चैतन्य पाठशालाका प्रमुख सल्लाहकार चैतन्य ईन्सिच्युट रिसर्च एण्ड डेभलपमेन्ट अध्यक्ष डा. हेमराज पन्त रहेका थिए। भने विशिष्ट अतिथि धनगढी उपमहानलपारिका वडा ५ का वडा अध्यक्ष गजेन्द्र बहादुर शाही ,धनगढी उपमहानगरपालिका वडा न।६ का वडा अध्यक्ष भागी राम चौधरी,वडा न।७ का वडा अध्यक्ष मोतीलाल राना,वडा न। ८ का वडा अध्यक्ष जगुराम चौधरी, चैतन्य पाठशालाका पी. टी.ए ,अध्यक्ष ईश्वर गिरी रहेका थिए। कार्यक्रम अभिभावक,चैतन्य पाठशालाका प्रिन्सिपल अशोक राज खाती विद्यालयका शिक्षक तथा शिक्षिका, बिद्यार्थीहरुको सहभागिता रहेको थियो। भने कार्यक्रमको सञ्चालन शिक्षिका हेमा जोशीले गरेकी थिइन्।