के तपाईँलाई दिमागमा बोझ महसुस हुन्छ? - Chaitanya News
  • 2026-05-05
  • 12:36:43
  • मंगलबार,बैशाख २२, २०८३
  • के तपाईँलाई दिमागमा बोझ महसुस हुन्छ?

    के तपाईँलाई दिमागमा बोझ महसुस हुन्छ?

    काठमाडौँ– जब हामी डिप्रेशन वा तनावमा हुन्छौँ, यतिबेला दिमागमा बेग्लै खालको बोझ महसुस हुन्छ। तर कतिपय मानिसलाई यो मानसिक स्वास्थ्यसम्बधी समस्या हो भन्ने थाहै हुन्न। तपाई पनि मस्तिष्कमा बोझ महसुस गर्नु हुन्छ भने सतर्क हुनुस्।

    यो लक्षणले तपाईँको मानसिक स्वास्थ्यमा नराम्रो असर गर्न सक्छ। यस्तो महसुस गर्ने प्रायः त्यस्ता व्यक्तिहरु हुन्छन् जसले अरुसँग आफ्नो समस्या लुकाउने वा समस्याहरू मनभित्रै गुम्स्याएर राख्ने गरेका हुन्छन्। यसको कारण दिमागमा तनावको स्तर बढ्न थाल्छ।

    यस्ता मानिसहरू प्रायः आफ्नो मनमा उत्पन्न हुने नकारात्मक भावना कसैसँग पनि शेयर गर्दैनन्। आफू हुँदा वा नहुँदा कसैलाई फरक पर्दैन भन्ने सोच्छन्। यस्ता मान्छेहरू आफ्नो गल्ती नै नहुँदा पनि मान्छेहरूसँग माफी माग्छन्। सबैले आफूलाई मन पराउन भन्ने यिनीहरुको चाहना हुन्छन्। कसैप्रति कृतज्ञ हुनु राम्रो कुरा हो। तर आवश्यकताभन्दा धेरै कृतज्ञ रहनु पनि दिमागमा बोझको कारण बन्न सक्छ।

    यस्ता मानिसहरु कसैलाई पनि दुःखी, निराश बनाउन चाहँदैनन्। हरेक समय सबैलाई खुसी कसैले पनि बनाउन सक्दैन। सबैलाई खुसी बनाउँछु भन्ने सोच राख्दा दिमागको बोझ बढ्न सक्छ। आफ्नो जीवन बोझिलो लाग्न थालेपछि व्यक्तिले वास्तविकता सामना गर्नै नपरोस् भनेर आफैलाई काममा व्यस्त राख्न थाल्छ। यस्ता मानिसहरु कसैको पनि मद्दत लिँदैनन्। आफैँमा चिन्तित भएर बस्छन्। जसका कारण उनीहरुको मानसिक स्वास्थ्यमा नराम्रो असर पर्छ। एजेन्सी