काठमाडौँ– ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा १०८ केजीको माला पहिराइएको छ। शुक्रवार शिव सेना नेपालले पृथ्वीनारायण शाहको सालिकमा माला पहिराइएको हो।
हरेक वर्षजस्तै यसवर्ष पनि पृथ्वी जयन्ती मनाउनेक्रममा १०८ केजीको माला पहिराइएको शिव सेना नेपालका गुरु खगेन्द्र पोख्रेलले जानकारी दिए।