तौल बढाउन चाहानु हुन्छ? खानुहोस् यस्ता खानेकुरा - Chaitanya News
  • 2026-05-04
  • 11:24:10
  • सोमबार,बैशाख २१, २०८३
  • तौल बढाउन चाहानु हुन्छ? खानुहोस् यस्ता खानेकुरा

    तौल बढाउन चाहानु हुन्छ? खानुहोस् यस्ता खानेकुरा

    एजेन्सी– मोटोपन अहिले एउटा आम समस्या बनिसकेको छ। तर, अर्कोतिर दुब्ला पातला व्यक्ति पनि तौल नबढेर चिन्तित छन्।

    आज हामी तौल बढाउने तरिकाबारे जान्नेछौं। विशेषज्ञका अनुसार तौल बढाउन खानपिन र कसरतमा विशेष ध्यान दिनु पर्छ।

    दुब्ला पातला व्यक्तिलाई नियमित रुपमा केरा खाने सल्लाह दिइन्छ। केरामा धेरै मात्रामा पोषक तत्व हुन्छ। तौल बढाउनका लागि केरालाई दुध वा दहीसँग खानु अझ राम्रो हुन्छ।

    ड्राई फ्रुट्समा तपाईं बदाम, किसमिस, काजु र ओखरको सेवन गर्न सक्नुहुन्छ। यसमा स्वस्थ फ्याट र प्रोटिन हुन्छ, साथमा यसमा अत्यधिक मात्रामा क्यालोरी पनि हुन्छ। यसलाई चार घण्टा पानीमा भिजाएर दुधमा उमालेर पनि खान सकिन्छ। यसले तौल बढ्न थाल्नेछ।

    मह र दुध दुवैमा भरपूर मात्रामा पोषक तत्व हुन्छ। रातमा सुत्नु अघि तातो दुधमा दुई चम्चा मह मिसाएर पिउँदा पनि तौल बढ्छ। साथमा पाचन प्रक्रिया पनि राम्रो हुन्छ।

    पातला व्यक्तिले पनि स्वस्थ रहनका लागि नियमित रुपमा योग तथा व्यायाम गर्नुपर्दछ। यसले शरीरलाई ऊर्जा दिनुका साथै भोक पनि जगाउने गर्छ। यसका साथै निद्रा पनि पूर्ण रुपमा लिनु पर्दछ।

    यदि तपाईंले तौल बढाउन चाहिरहनु भएको छ भने कुनै पनि समयको खानालाई स्किप नगर्नुहोस्। किनकी एक समयको पनि खाना नखाँदा त्यसले तौललाई नियन्त्रित गराइरहनेछ र बढ्न दिनेछैन।

    तौल बढाउन चाहिरहेका व्यक्तिले आफ्नो खानपिनमा सोयाबिनलाई पनि समावेश गराउनुपर्दछ। यसमा भरपूर मात्रामा प्रोटिन हुन्छ। यसले मांसपेशीको विकासमा सहयोग गर्दछ र तौल बढ्न पनि सहायक हुन्छ।