विकासका लागि मेरो जित आवश्यक छ : विनोद चौधरी - Chaitanya News
  • 2026-04-26
  • 04:16:35
  • शनिबार,बैशाख १२, २०८३
  • विकासका लागि मेरो जित आवश्यक छ : विनोद चौधरी

    विकासका लागि मेरो जित आवश्यक छ : विनोद चौधरी

    काठमाडौं– नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफू विकासका लागि राजनीतिमा आएको बताएका छन्। चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानालाई तिव्रता दिँदै आएका उनले यस्तो बताएका हुन्। नवलपरासी १ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा साझा उम्मेदवार रहेका चौधरीले विकासका लागि आफ्नो जित आवश्यक रहेको पनि बताए।

    चौधरीले विकासमा देखिएका समस्या समाधानका लागि तत्काल पहल गर्ने बताए। उनले मतदाताहरुले पनि यसपटक आफूलाई रुचाएको दाबी गरे। काँग्रेस नेता चौधरीले सुस्ता बाढी, किसानका समस्यादेखि विकास निर्माणका लागि पहल गर्ने वाचा गरेका छन्।