बिहान उठ्ने बित्तिकै फोन चलाउनु हुन्छ? हुन सक्छ यस्तो समस्या - Chaitanya News
  • 2026-05-04
  • 11:23:18
  • सोमबार,बैशाख २१, २०८३
  • बिहान उठ्ने बित्तिकै फोन चलाउनु हुन्छ? हुन सक्छ यस्तो समस्या

    बिहान उठ्ने बित्तिकै फोन चलाउनु हुन्छ? हुन सक्छ यस्तो समस्या

    काठमाडौँ– बिहान उठ्ने बित्तिकै फोन चलाउने वा सामाजिक सञ्जालमा अपडेट खोज्ने वा खबरहरू हेर्ने पढ्ने कुरा सामान्य बनिसकेको छ। अधिकांश मानिसहरूमा अहिले यस्तो खालको बानी पाइन्छ। तपाई पनि बिहान उठ्ने बित्तिकै यस्तो काम गर्नु हुन्छ? यो तपाईंको मानसिक स्वास्थ्यको लागि खतरनाक साबित हुन सक्छ।

    मोबाइल हेर्दा अनेक खालका नोटिफिकेशन देखिन्छ। यसमा कयौँ खालको सूचना हुन सक्छन्। उठ्ने बित्तिकै यस्ता विविध सूचनाको सम्पर्कमा आउँदा मान्छेमा तनावको भावना उत्पन्न हुन सक्छ। कामसँग सम्बन्धित लगातारको अपडेट, सामाजिक सञ्जाल र समाचारहरूले तपाईंलाई दबाब र तनावपूर्ण परिस्थितिमा ल्याउन सक्छ।

    स्लिप साइकल बिग्रन सक्छ:
    सुत्नु अघि र उठ्ने बित्तिकै फोन समातेर बस्ने बानीले स्लिप साइकल प्रभावित बनाउँछ। स्क्रिनबाट निस्कने निलो प्रकाशले मेलाटोनिनको निर्माणमा बाधा उत्पन्न गर्छ। यसले गर्दा सुत्न, निदाउन कठिन हुन सक्छ। रात बेचैनी र छटपटीमा बित्ने सम्भावना धेरै हुन्छ।

    दिमागको काममा असर:
    उठ्ने बित्तिकै तुरुन्तै फोन चेक गर्ने बानीले संज्ञानात्मक कार्य अर्थात् दिमागको काम गर्ने तरिकामा खलल उत्पन्न गराउँछ। दिमागलाई स्वाभाविक रूपले दिनको सुरुआत गर्न दिनुको सट्टा खबरको वर्षा गराएर जगाइयो भने यसले उठ्ने प्रक्रिया र दिनभर अलर्ट रहने प्रक्रियामा बाधा उत्पन्न गर्छ।

    आँखामा असर:
    रातभरि सुतेर उठ्दा आँखाले बाहिरको उज्यालोसँग तालमेल गर्ने कोसिस गरिरहेको हुन्छ। यस्तोमा बिहानको समयमा लामो समयसम्म चमकदार स्क्रिनलाई नियालिरहँदा यसले आँखामा दबाब सृजना गर्छ। यसको कारण टाउको दुख्ने, आँखा सुख्खा हुने समस्या देखिन सक्छ। यसले तपाईंको सम्पूर्ण स्वास्थ्यमा असर पुर्‍याउँछ।

    ध्यान भड्किने:
    स्मार्टफोनमा निरन्तर झुन्डिइरहँदा ध्यान भड्किने, एकाग्रतामा बाधा उत्पन्न हुने समस्या देखिन सक्छ। बिहान वा दिनभरिमा जुन जुन काम पूरा गर्नु पर्ने हो, ती काममा ध्यान लगाउनुको सट्टा तपाई इमेल, सामाजिक सञ्जाल र अनलाइन गतिविधिमा अल्झिएर बस्नु हुनेछ। नियमित दिनको सुरुआतमा ढिलाइ हुन्छ।

    लत लाग्छ:
    उठ्ने बित्तिकै लगातार फोन हेर्ने बानी एक खालको लत जस्तै हो। डोपामाइनले तपाईंलाई नोटिफिकेशन चेक गर्न र अनलाइनमा एक्टिभ रहन उक्साइरहन्छ। यो बानीबाट मुक्त हुन कठिन हुन सक्छ। यसले उल्टै व्यक्तिको एकाग्रता क्षमतालाई घटाउँदै लैजान्छ। एजेन्सी