तपाँईको आजको राशिफल - Chaitanya News
  • 2026-11-19
  • 15:58:54
  • बिहिबार,मंसिर ०४, २०८३
  • मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। घरायसी झमेलामा परिएला। दिनको उत्तरार्धमा भने धन लाभ हुनसक्छ।

    मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
    आज पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्ने छ। विश्वास गरेकाले साथ दिनेछन्। धैर्य एवं लगनशीलताले अवसर दिलाउने छ।

    सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। मनमा दुबिधा पनि उत्पन्न हुनसक्छ।

    तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    आज लगनशीलताले कामहरू अगाडि बढ्ने छन्। चिताएको कामले तीव्रता लिनेछ। धर्म, कर्म तथा समाज सेवामा मन पनि लाग्ने छ।

    धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    आजको दिन मध्यम खालकै रहने छ। शैक्षिक क्षेत्र कमजोर रहने छ, तर दिनको उत्तरार्ध उमङ्ग र प्रसन्नताले मनमा खुसियाली छाउने छ।

    कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
    आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पद प्रतिष्ठा प्राप्त हुने देखिन्छ। नयाँ र शुभ समाचार पनि सुन्न पाइएला।

    वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    चिताएको कामले तीव्रता लिनेछ। वित्तीय संस्थाबाट सहयोग पाइनेछ। वाक्चातुर्यले सङ्कल्पसिद्ध हुनेछ। शुभ समाचार सुन्नमा आउला।

    कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    आज घुमघाम र सफल भ्रमणमा दिन बित्ने छ। सामाजिक कार्यमा सफलता मिल्ने छ। शेयर बजारको कारोबारबाट लाभ पनि मिल्ने छ।

    कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ।

    वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
    स्थान परिवर्तनका विशेष योग देखिन्छन्। मनोरञ्जनमा सहभागी भइएला। रोकिएको धन हात पर्नेछ, तर साँझमा पैसा खर्च हुने योग छ।

    मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
    आज स्वादिष्ट भोजन पाइनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ। शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु नै उचित हुनेछ।

    मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। सोचेका काम पूरा हुनसक्छ।