न्याय सेवाका २१९ जना अधिकृतको सरुवा - Chaitanya News
  • 2026-06-07
  • 10:26:05
  • आइतबार,जेठ २४, २०८३
  • न्याय सेवाका २१९ जना अधिकृतको सरुवा

    न्याय सेवाका २१९ जना अधिकृतको सरुवा

    काठमाडौँ– न्याय सेवा आयोगले दुई सय १९ जना अधिकृतको सरुवा गरेको छ।आज (मंगलबार) उच्च अदालत पोखरा, दिपायल, विराटनगरसँगै जिल्ला अदालतहरू सिन्धुपाल्चोक, महोत्तरी, नुवाकोट लगायत कार्यालयहरूमा न्याय सेवाका कर्मचारी सरुवा गरेको हो।

    यस्तै आयोगले कानुन समूहका अर्जुन प्रसाद खनाल र राजन नेपाललाई कानुन समूह राप्र प्रथम श्रेणी सहसचिव वा सो सरहमा बढुवा गरेको छ। त्यस्तै सरकारी वकिल तर्फ रुद्र प्रसाद पन्थी र उमाकान्त पौडेललाई राप्र प्रथम श्रेणी सहसचिव वा सो सरहमा बढुवा गरेको छ।

    आयोगले न्याय समूहका उपसचिव वा सो सरहका पदमा १४ जनाको बढुवा गरेको छ भने कानुन समूहका तीन जना र सरकारी वकिल समूहका ६ जनलाई उपसचिव सरहमा बढुवा गरेको छ।