एक वर्षमा १६ लाखभन्दा बढी नेपाली विदेश उडे - Chaitanya News
  • 2026-05-29
  • 03:46:53
  • बिहिबार,जेठ १४, २०८३
  • एक वर्षमा १६ लाखभन्दा बढी नेपाली विदेश उडे

    एक वर्षमा १६ लाखभन्दा बढी नेपाली विदेश उडे

    काठमाडौं– अध्यागमन विभागले सन् २०२३ मा १६ लाख भन्दा बढी नेपालीले देश छाडेको जनाएको छ। तीमध्ये ७० हजार जनाले स्थायी रुपमा विदेश बस्ने गरी देश छाडेका हुन्।

    अध्यागमन विभागले सन् २०२३ मा विभिन्न उद्देश्यले नेपालबाट बाहिरिएका नेपालीहरुको तथ्यांक सोमबार सार्वजनिक गरेको छ।

    तथ्यांकमा रोजगारी, घुमघाम, परिवारका सदस्यसँग भेटघाट, अध्ययन, स्थायी बसोबास, अस्थायी बसोबास, तालिम, खेलकुद, साँस्कृतिक कार्यक्रम लगायतका प्रयोजनका लागि नेपालबाट बाहिरिएकाहरुको संख्यात्मक विवरण छ।

    तीमध्ये स्थायी बसोबासका लागि ७० हजार ९१५ जनाले नेपाल छाडेका छन्। तीमध्ये ३६ हजार ६६३ जना पुरुष र ३४ हजार २५१ जना महिला छन्। यसैगरी अस्थायी बसोबासका लागि ९२ हजार ३४९ जनाले नेपाल छाडेका छन्। जसमा ५१ हजार ८७६ र ४० हजार ४६८ जना महिला छन्।

    रोजगारीका लागि देश छाड्ने नेपालीहरुको संख्या ८ लाख ८ हजार ४१५ छ। रोजगारीका लागि ७ लाख २३ हजार ७८९ पुरुष र ८४ हजार ६०४ जना महिला विदेशिएको अध्यागमन विभागको तथ्यांक छ। सन् २०२३ मा अध्ययनका लागि १ लाख ८ हजार ५ सय ४२ जना विदेशिएका छन्।

    अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार भिसाको प्रकृति अनुसार विदेशिनेहरुको तथ्यांक सार्वजनिक गरिएको हो। उनले बसोबासका लागि अष्ट्रेलिया, जापान, अमेरिकालगायत देश जानेहरुको संख्या धेरै रहेको बताए।

    यस्तो छ अध्यागमन विभागको तथ्यांक: