काठमाडौँ– नेपालबाट करोडौं रुपैयाँ बराबरको दाँत सफा गर्ने वस्तु निर्यात हुने गरेको पाइएको छ। भन्सार विभागको तथ्यांकअनुसार दाँत सफा गर्न प्रयोग हुने पाउडर र जेल लगायत वस्तु निर्यातबाट करोडौं रुपैयाँ भित्रने गरेको पाइएको हो।
चालू आर्थिक वर्ष २०८०–८१ को ५ महिनाको अवधिमा नेपालबाट २३ करोड ४८ लाख रुपैयाँको डेन्टिफ्रिस निर्यात भएको छ। डेन्टिफ्रिस भन्नाले दाँतमा लाग्ने किरा हटाउनका लागि प्रयोग हुने पाउडर र जेल हो।
यस अवधिमा नेपालबाट ४ लाख ४७ हजार किलोग्राम डेन्टिफ्रिस निर्यात भएको छ। नेपालबाट विशेष गरी चार मुलुकमा डेन्टिफ्रिस निर्यात भइरहेको छ। जसमा क्यानडा, चीन, भारत र मलेसिया रहेका छन्। यीमध्ये भारतमा सबैभन्दा धेरै २३ करोड २८ लाख रुपैयाँको निर्यात भएको छ।
यस्तै, क्यानडामा ६० लाख र चीनमा ६४ लाखको निर्यात हुँदा मलेसियामा १९ लाख ३७ हजार रुपैयाँको निर्यात भएको छ।