काठमाडौँ– खोटाङको प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को जिम्मेवारी पवित्र प्रकाश शाहलाई दिइएको छ। हालका प्रजिअ सन्त बहादुर सुनारलाई मन्त्रालय सरुवा गरिएसँगै रिक्त प्रजिअमा सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी शाहलाई प्रजिअको जिम्मेवारी दिइएको हो।
प्रजिअ सुनार माघ पहिलो साता अनिवार्य अवकाशमा जाँदैछन्। मन्त्रालयबाट पेन्सन पट्टा बनाउन सहज होस् भनेर उनकै माग अनुसार सरुवा गरिएको मन्त्रालय स्रोतले जनाएको छ।
आज (मङ्गलवार) केही प्रजिअको सरुवा हुन सक्ने बुझिएको छ। यद्यपि सूची टुङ्गो भने लागिसकेको अवस्था छैन।
त्यस्तै सोमबार सात जना अधिकृतहरूलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलतर्फ पठाइएको छ। दरबन्दी भन्दा दर्जन बढी नै रिक्त रहेको विमानस्थलमा देखिएको कामको चापलाई व्यवस्थापन गर्न अधिकृतहरूलाई त्यतातर्फ खटाइएको हो।