कर्णाली प्रदेश लोक सेवा आयोगले माग्यो विभिन्न २४ पदका लागि कर्मचारी - Chaitanya News
  • 2026-05-05
  • 11:17:08
  • मंगलबार,बैशाख २२, २०८३
  • कर्णाली प्रदेश लोक सेवा आयोगले माग्यो विभिन्न २४ पदका लागि कर्मचारी

    कर्णाली प्रदेश लोक सेवा आयोगले माग्यो विभिन्न २४ पदका लागि कर्मचारी

    काठमाडौँ– कर्णाली प्रदेश लोक सेवा आयोगले विभिन्न २४ पदका लागि दरखास्त आह्वान गरेको छ।

    आयोगले आज एक सूचना जारी गर्दै प्रशासन र लेखामा गरेर खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि सार्वजनिक सूचनामार्फत दरखास्त आह्वान गरेको छ। आयोगले प्रशासन सहायक, लेखा सहायक, लेखापाल, आन्तरिक लेखा परीक्षक गरी २४ जना कर्मचारी लागि दरखास्त आह्वान गरेको हो।

    आयोगले कर्णालीका विभिन्न स्थानीय तहमा रिक्त पदहरूका लागि यो दरखास्त आह्वान गरेको हो। परीक्षा लिखित, कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ता र परीक्षा केन्द्र वीरेन्द्रनगर, सुर्खेत तोकेको छ।

    न्यूनतम योग्यता पुगेका उमेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । माघ १५ गतेसम्म आवेदन दिन सकिनेछ।

    सूचना :