विद्युत् महसुल रकम बुझाउन विद्युत् प्राधिकरणले दियो ६० दिनको समय - Chaitanya News
  • 2026-05-29
  • 03:46:15
  • बिहिबार,जेठ १४, २०८३
  • विद्युत् महसुल रकम बुझाउन विद्युत् प्राधिकरणले दियो ६० दिनको समय

    विद्युत् महसुल रकम बुझाउन विद्युत् प्राधिकरणले दियो ६० दिनको समय

    काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल रकम बुझाउन ६० दिनको समय दिएको छ।

    प्राधिकरणले आज एक सूचना जारी गर्दै तिर्न बाँकी बक्यौता रकम ६० दिनभित्र किस्तामा तिर्न सकिने बताएको छ।

    प्राधिकरणको सञ्चालक समितिको गएको १६ गते बसेको बैठकले बक्यौता रकम तिर्नका लागि किस्ताबन्दीको सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो। विशेष व्यवस्था अनुसार बक्यौता विद्युत् खपतको महसुल बढीमा ६० महिनासम्मको किस्ताबन्दीमा बुझाउन सकिनेछ।

    यो सेवा लिनका लागि प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा ३० दिनभित्र आवेदन दिन सूचना जारी गरिएको छ।