काठमाडौँ– माघे सङ्क्रान्ति नजिकिएसँगै तरुल लगायतका कन्दमूलको व्यापार सुरु भएको छ। कालीमाटी तरकारी बजारमा रहेका तरकारी स्टलमा अहिले ढकको २०० देखि ५०० रुपैयाँमा विभिन्न प्रकारका तरुल बिक्री भइरहेको छ।
अहिले बिक्री धेरै छैन तर माघे सङ्क्रान्ति आउन २र३ दिन बाँकी रहँदा बिक्री बढ्ने आशा गरेका छौँ,’ एक व्यापारीले बताए । ‘पुस पाके माघ खाए’ भन्ने प्रचलन अनुसार नै पुस मसान्तमा विभिन्न कन्दमूल पकाएर राख्ने र माघे सङ्क्रान्तिमा खाने प्रचलन रहेको छ।