सप्तरीका चार निर्वाचन क्षेत्रमा ७० जना उम्मेदवारबीच प्रतिस्पर्धा - Chaitanya News
  • 2026-06-12
  • 03:15:38
  • बिहिबार,जेठ २८, २०८३
  • सप्तरीका चार निर्वाचन क्षेत्रमा ७० जना उम्मेदवारबीच प्रतिस्पर्धा

    सप्तरीका चार निर्वाचन क्षेत्रमा ७० जना उम्मेदवारबीच प्रतिस्पर्धा

    काठमाडौं– प्रतिनिधिसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा सप्तरीका चार वटा निर्वाचन क्षेत्रका उम्मेदवारहरुबीच प्रतिस्पर्धा हुँदै छ। निर्वाचन आयोगका अनुसार सप्तरी निर्वाचन क्षेत्र नं. १ मा २०, २ मा १६, ३ मा १८ र ४ मा १६ जना गरी ७० जना उम्मेदवार चुनावी मैदानमा छन्।

    क्षेत्र नं.१
    यस क्षेत्रमा १० राजनीतिक दल र १० स्वतन्त्र गरी २० जना उम्मेदवार छन्। १९ पुरुष उम्मेदवार रहेको यस क्षेत्रमा एक जना मात्रै महिला उम्मेदवार छन्। एक लाख १३ हजार १९५ मतदाता रहेको सप्तरी क्षेत्र नं. १ मा ७९ मतदान स्थल र १४४ मतदान केन्द्र कायम गरिएको छ।