काठमाडौँ– ललितपुरको प्रमुख जिल्ला अधिकारीमा तुलसीबहादुर श्रेष्ठलाई पठाएको छ। भर्खरै मात्र गृह मन्त्रालयले श्रेष्ठलाई ललितपुर प्रशासन प्रमुख बनाई पठाएको हो। सहसचिव श्रेष्ठ आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख रहेका थिए।
बालकुमारी घटनापछि ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित गृह मन्त्रालय तानिएसँग रिक्त रहेको थियो।
यसैगरी ललितपुर प्रहरी प्रमुखमा एसएसपी शेखर खनाल गएका छन्। तत्कालीन एसएसपी सिद्धिविक्रम शाह प्रहरी हेडक्वार्टरमा तानिएसँगै हेड क्वाटरबाट खनाललाई ललितपुर पठाउने निर्णय भएको गृह मन्त्रालय स्रोतले जानकारी दियो।