यी हुँन प्याज सेवनका बेफाइदा - Chaitanya News
  • 2026-07-17
  • 11:52:14
  • शुक्रबार,साउन ०१, २०८३
  • यी हुँन प्याज सेवनका बेफाइदा

    यी हुँन प्याज सेवनका बेफाइदा

    काठमाडौं– हाम्रो प्रकृतिमा त्यस्ता विभिन्न तरकारी तथा फलफूलहरु छन्, जसले शरीरलाई स्वस्थ्य राख्न सहयोग पुर्याउँछन्। यसबाहेक त्यस्ता धेरै तरकारीहरु पनि छन्, जसले शरीरलाई विरामीबाट टाढा पनि राख्छन्। यीनै तरकारीहरुमध्ये प्याज पनि एक हो।

    प्याज बिना प्रायः तरकारी अपुरो झैँ लाग्छ। प्याजमा सोडियम, पोटाशियम, फोलेट्स, क्याल्शियम, म्यागनेशियम, आइरन, भिटामिन ए, सी र ई तथा फस्फोरस समेत विभिन्न पोषक तत्व पाइन्छ।

    शुगरको स्तर:
    जुन मानिसलाई शुगरको समस्या हुन्छ, उनीहरुले प्याज खानु अगाडि डाक्टरको सल्लाह लिनु आवश्यक हुन्छ। प्याज खानाले रगतमा शुगरको स्तर घट्छ, जसले गर्दा मानिस बेहोस पनि हुन सक्छ।

    ब्लड प्रेसर:
    जुन मानिसको ब्लड प्रेसरको समस्या छ, उनीहरुले बढी मात्रामा प्याज खानबाट बच्नु पर्छ। बढी मात्रामा प्याज सेवन गर्नाले ब्लड प्रेसर तिव्रताका साथ कम हुन्छ। जसले गर्दा विभिन्न किसिमका समस्याको सामना गर्न पर्ने हुन्छ।

    कब्जियत र पेट दुखाइ:
    प्याजमा प्रचुर मात्रामा फाइबर पाइन्छ। बढी मात्रामा प्याज खानाले पेट सम्बन्धि समस्याको सामना गर्नु पर्छ। यदि ग्यासको समस्या छ भने प्याज खानबाट बच्नु पर्छ।

    प्याज सेवनका फाइदा:
    प्याजमा पर्याप्त मात्रामा क्याल्शियम पाइने भएकाले प्याज सेवन हड्डि बलियो हुन्छ। हड्डि कमजोर भएको छ अथवा हड्डिसंग सम्बन्धित रोगको सामना गरिराख्नु भएको छ भने प्याज सेवन गर्नु फाइदाजनक हुन्छ।

    प्याजमा भएको फ्लेभोनोइड्स जसले नराम्रो कोलेस्ट्रललाई कम गर्छ र गुड कोलेस्ट्रललाई बढाउँछ। त्यस्तै प्याज सेवनले हृदयघात, हर्ट स्ट्रोक जस्ता मुटु सम्बन्धि रोगमा फाइदा पुर्याउँछ।

    प्याज एन्टीब्याक्टेरियल,एन्टीब्याक्टेरियल,एन्टीफंगल र एन्टीअक्सीडेन्टले भरिपूर्ण हुन्छ। प्याज सेवनले कपाल कालो,बाक्लो र बलियो हुन्छ। त्यसैले कपाल सम्बन्धि समस्याबाट छुटकारा पाउन प्याजको रस लगाउने सल्लाह दिइन्छ।