यस्ता छन सुतेर पनि तौल कम गर्ने उपाएहरु - Chaitanya News
  • 2026-07-17
  • 11:52:45
  • शुक्रबार,साउन ०१, २०८३
  • यस्ता छन सुतेर पनि तौल कम गर्ने उपाएहरु

    यस्ता छन सुतेर पनि तौल कम गर्ने उपाएहरु

    एजेन्सी– तौल घटाउन मानिसले नयाँ नयाँ कुरा अभ्यास गरिरहेका हुन्छन्। तर के तपाईंलाई थाहा छ? सुतेर पनि तौल कम गर्न सकिन्छ।

    ग्रीन टी:
    तौल कम गर्नका लागि ग्रीन टी एकदमै फाइदाजनक हुन्छ। यसभित्र फ्लेवोनोइड्स पाइन्छ, जसले मेटाबोलिज्मलाई बुस्ट गर्दछ। यस्तोमा तपाईंले सुत्नुअघि ग्रीन टी पिउन सक्नुहुन्छ।

    इन्टरमिटेन्ट फास्टिंग:
    इन्टरमिटेन्ट फास्टिंग तौल कम गर्नका लागि एकदमै फाइदाजनक हुन्छ। यसरी शरीरमा सुगरको मात्रालाई पनि नियन्त्रित गर्न सकिन्छ। यसले सजिलै फ्याट बर्न हुन्छ।

    सुत्नुअघि खाना:
    तपाईंले व्यस्तता वा कुनै कारणले सुत्नुअघि खाना खानुहुन्छ भने यो बानीलाई परिवर्तन गर्नुहोस्। जहिले पनि तपाईं सुत्नुभन्दा २ देखि ३ घण्टा अगाडि नै खाना खानुहोस्। यसले तपाईंको पाचन प्रक्रियामा पनि राम्रो असर पर्छ।

    क्यामोमाइल चिया:
    सुत्नुअघि क्यामोमाइल चिया पिउनु पनि स्वास्थ्यका लागि राम्रो हुन्छ। यो चियाले शरीरमा ग्लाइसिनको मात्रा बढाउँछ जसले निद्रा लाग्छ। सत्नुअघि एक कप तातो क्यामोमाइल चिया पिउँदा तौल घटाउन सहयोग पुग्छ।

    सुत्ने तरिका:
    तपाईंलाई थाहा पाएर अचम्म लाग्ला तर सुत्ने तरिका वा पोस्चर पनि तौल बढ्नका लागि जिम्मेवार हुन्छ। ढाड तल पारेर खुट्टा फैलाएर सुत्नु तौल कम गर्नका लागि प्रभावकारी हुन्छ।

    अँध्यारोमा सुत्ने:

    यस्तो मानिन्छ मेलाटोनिनले हाम्रो शरीरमा ब्राउन फ्याट बनाउँछ जसले क्यालोरी बर्न गर्न सजिलो हुन्छ। यदि तपाईं अध्याँरोमा सुत्नुहुन्छ भने, शरीरमा धेरै मेलाटोनिन बन्ने गर्छ।