ईपीएस कोरिया शाखाको निर्देशकमा मैयाँ कँडेल नियुक्त - Chaitanya News
  • 2026-05-05
  • 10:25:32
  • मंगलबार,बैशाख २२, २०८३
  • ईपीएस कोरिया शाखाको निर्देशकमा मैयाँ कँडेल नियुक्त

    ईपीएस कोरिया शाखाको निर्देशकमा मैयाँ कँडेल नियुक्त

    काठमाडौँ– रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखा कार्यालयको निर्देशकमा मैयाँ कँडेल नियुक्त भएकी छन्।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कँडेललाई ईपीएसको निर्देशकमा नियुक्त गरेको हो। निर्देशक नियुक्त भएसँगै कँडेलले कार्यभार सम्हालेकी छन्।

    यसअघि ईपीएस कोरिया शाखाको निर्देशकमा रहेका गुरुदत्त सुवेदीलाई पुस १३ गते निलम्बन गरेको थियो। ईपीएस कोरियाका लागि आवेदन फारम भर्न पाउनुपर्ने माग राख्दै भएको आन्दोलनको क्रममा २ जनाको ज्यान गएको थियो। उक्त घटनापछि सरकारले निर्देशक सुवेदीसहितकालाई निलम्बन गरेको थियो।