काठमाडौँ– नेपाल राष्ट्र बैंकले निरन्तरजसो बजारबाट पैसा तानिरहेको छ। सोही क्रममा पछिल्ला चार दिनमा मात्र निक्षेप सङ्कलनमार्फत ७५ अर्ब २५ करोड रुपैयाँ बजारबाट तानेको हो।
उल्लिखित रकममध्ये ५५ अर्ब २५ करोड रुपैयाँ तानिसेकेको छ भने बाँकी २० अर्ब रुपैयाँ तान्नका लागि राष्ट्र बैंकले सूचना जारी गरेको छ। यो रकम पनि तानेपछि पछिल्ला चार दिन (यही पुस १६, १७, १८ र १९ गते० गरेर सवा ७५ अर्ब रुपैयाँ बजारबाट तानिसकेको छ।
हालको नीतिगत व्यवस्थाअनुसार अन्तर बैंक दर तीन प्रतिशतभन्दा कम रहँदा राष्ट्र बैंकले बजारबाट पैसा तान्नु पर्छ। अहिले अन्तर बैंक दर २.८० प्रतिशत हाराहारीमा छ। बुधबारको बोलकबोल अनुसार निक्षेप सङ्कलनको भारित औसत ब्याजदर ३ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ। सोही दिन बैंक तथा वित्तीय संस्थाले अधिकतम ३.११ प्रतिशत र न्यूनतम २.५९ प्रतिशत ब्याजदर प्रस्ताव गरेका थिए।