काठमाडौं– सरकारले जलविद्युत् आयोजनाहरुलाई बक्यौता रोयल्टी फरफारक गर्न १५ दिनको अल्टिमेटम दिएको छ।
विद्युत् विकास विभागले बुधबार एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७९र८० सम्मको विद्युत् रोयल्टी फरफारक गर्न १५ दिनको समयावधि दिइएको हो ।
यो नियम १ मेगावाट भन्दामाथि जडित सबै क्षमताका जलविद्युत् आयोजनाको हकमा लागु हुन्छ।
विद्युत् ऐन २०४९ तथा विद्युत नियमावली २०५० अनुसार विद्युत् उत्पादनको अनुमति पाएका संस्थाले रोयल्टी बुझाउनु पर्छ।
यस्तो रोयल्टी अहिले तीन वटै तहका सरकारमा बाँडफाँट समेत हुने गरेको छ।
विभागले गत आवसम्म जडित क्षमता तथा ऊर्जा बिक्री वापतको रकम फरफारक गर्न भनेको हो।
त्यसो नगरे नेपाल विद्युत् प्राधिकरणबाट आयोजनाको विद्युत ऊर्जा बिक्रीबाट हुने भुक्तानीबाट कट्टा गरी बक्यौता असुल गरिने समेत विभागले सूचित गरेको छ।
सूचनाः
![]()