सशस्त्र प्रहरीमा २८८ जनाका लागि विभिन्न पदमा भर्ना खुल्यो, (सूचनासहित) - Chaitanya News
  • 2026-05-05
  • 10:24:45
  • मंगलबार,बैशाख २२, २०८३
  • सशस्त्र प्रहरीमा २८८ जनाका लागि विभिन्न पदमा भर्ना खुल्यो, (सूचनासहित)

    सशस्त्र प्रहरीमा २८८ जनाका लागि विभिन्न पदमा भर्ना खुल्यो, (सूचनासहित)

    काठमाडौँ– सशस्त्र प्रहरी बलले प्रहरी निरीक्षक (इन्स्पेक्टर), प्रहरी सहायक निरीक्षक(असई) देखि विभिन्न पदमा भर्ना खोलेको छ।

    आज एक सूचना जारी गर्दै सशस्त्र प्रहरी बलले ९९ जना इन्स्पेक्टर, ९८ जना असई, ६५ जना भान्से, १० जना कूचीकार, ४ जना सूचिकार, ४ जना केशकर्तक, ५ जना चर्मकर्मी र तीन जना मालीका लागि दरखास्त आह्वान गरेको हो।

    इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले माघ २१ गतेसम्म आवेदन दिन पाउनेछन्। यस्तै, दोब्बर दस्तुर बुझाएर माघ २८ गतेसम्म आवेदन दिन सकिनेछ।

    उम्मेदवारहरूले अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।

    सूचना: