नेपाल र भारतबीच चार वटा सहमति सम्झौतामा हस्ताक्षर, भूकम्प पुनर्निर्माणमा १० अर्ब सहयोग - Chaitanya News
  • 2026-05-29
  • 03:39:36
  • बिहिबार,जेठ १४, २०८३
  • नेपाल र भारतबीच चार वटा सहमति सम्झौतामा हस्ताक्षर, भूकम्प पुनर्निर्माणमा १० अर्ब सहयोग

    नेपाल र भारतबीच चार वटा सहमति सम्झौतामा हस्ताक्षर, भूकम्प पुनर्निर्माणमा १० अर्ब सहयोग

    काठमाडौँ– नेपाल र भारतबीच चार वटा सहमतिमा हस्ताक्षर भएको छ। काठमाडौँमा बिहीबार भएको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि ऊर्जा व्यापार सम्झौतासहितका चार सहमतिमा हस्ताक्षर भएको हो।

    परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा ऊर्जा व्यापार सम्झौता भएको छ। भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावटसम्म विद्युत् आयात गर्ने सम्झौतामा दुई देशका ऊर्जा सचिवले हस्ताक्षर गरेका छन्।

    नेपालले बनाएको म्यानुअल स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने सहमतिमा हस्ताक्षर भएको छ। नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीर न्यू स्पेस इन्डिया लिमिटेडबीच भएको सहमतिमा भारतले उक्त स्याटेलाइट प्रक्षेपणका लागि नेपाललाई सहयोग गर्नेछ।

    यस्तै हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट ९एचआईसीडीपी० कार्यान्वयन सहमतिमा अर्थ सचिव कृष्णहरि पुस्कार र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तावले हस्ताक्षर गरेका छन्। यो सहमति अनुसार काठमाडौँस्थित भारतीय दूताबासले अब एउटै परियोजनामा २० करोडसम्म साझै लगानी गर्नसक्ने छ।

    भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पूननिर्माणका लागि नेपाललाई १० अर्ब रुपैयाँ नेपाली अनुदान सहयोग गर्ने सहमति भएको छ। दुवै देशका परराष्ट्रमन्त्रीले १३२ केबी पावर क्षमताका तीन वटा प्रसारण लाइनको उद्घाटन गरेका छन्।

    संयुक्त आयोगको आयोगको बैठकमा नेपाल र भारतको समग्र विषयमा समीक्षा गर्ने, आगामी दिनमा नेपाल र भारतको सम्बन्धलाई कसरी सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिए। कनेक्टिभिटी, व्यापार, जलस्रोत, ऊर्जा व्यापारका विषयमा छलफल भएको उनले बताए।