नेपालबाट ६ अर्बको चिया र कफी निर्यात - Chaitanya News
  • 2026-05-29
  • 03:39:34
  • बिहिबार,जेठ १४, २०८३
  • नेपालबाट ६ अर्बको चिया र कफी निर्यात

    नेपालबाट ६ अर्बको चिया र कफी निर्यात

    काठमाडौँ– नेपालबाट पछिल्लो पटक करिब ६ अर्ब रुपैयाँको चिया र कफी निर्यात भएको छ। भन्सार विभागका अनुसार नेपालले चालू आर्थिक वर्ष २०८०–८१ मा ५ अर्ब ९७ करोड ४० लाख७७ हजार रुपैयाँको चिया र कफी निर्यात गरेको ह।

    सो रकमको चिया र कफी निर्यात गर्दा ४ अर्ब७८ करोड ८१ लाख ७४ हजार रुपैयाँको आयात गरेको छ। चिया र कफीमा १ अर्ब १८ करोड ५९ लाख ३ हजार रुपैयाँ व्यापार नाफा भएको विभागको तथ्यांकमा उल्लेख छ।

    चालु आर्थिक वर्षको पाँच महिनामा सरकारले सो चिया र कफी आयात निर्यात गर्दा १ अर्ब २८ करोड ५० लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।