निर्वाचन विरोधि गतिविधि गरेको भन्दै मुस्ताङमा विप्लवका दुई कार्यकर्ता पक्राउ - Chaitanya News
  • 2026-04-26
  • 02:16:27
  • शनिबार,बैशाख १२, २०८३
  • निर्वाचन विरोधि गतिविधि गरेको भन्दै मुस्ताङमा विप्लवका दुई कार्यकर्ता पक्राउ

    निर्वाचन विरोधि गतिविधि गरेको भन्दै मुस्ताङमा विप्लवका दुई कार्यकर्ता पक्राउ

    जोमसोम– नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (विप्लव) समूहका दुई कार्यकर्तालाई मुस्ताङ प्रहरीले नियन्त्रणमा लिएको छ।

    निर्वाचन विरोधि गतिविधि गरेको भन्दै विप्लवका दुई कार्यकर्तालाई मुस्ताङको घरपझोङ गाउँपालिका–१ छैरोबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

    मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन बहिष्कार गरौं, निर्वाचन खारेज गर लगायतका निर्वाचन विरोधी सन्देश प्रवाह गर्ने,पर्चा पम्प्लेट टाँस्ने र भित्ते लेखन गर्दै हिँडिरहेको अवस्थामा नेकपा विप्लव समूहका मुस्ताङ जिल्ला इञ्चार्ज शुशिला विक र प्रकाश विकलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको मुस्ताङका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए।