२७ हिमालको व्यवस्थापन गर्ने जिम्मा नेपाल पर्वतारोहण संघलाई - Chaitanya News
  • 2026-05-29
  • 02:50:25
  • बिहिबार,जेठ १४, २०८३
  • २७ हिमालको व्यवस्थापन गर्ने जिम्मा नेपाल पर्वतारोहण संघलाई

    २७ हिमालको व्यवस्थापन गर्ने जिम्मा नेपाल पर्वतारोहण संघलाई

    काठमाडौं– सरकारले २७ वटा हिमालको व्यवस्थापन गरिरहेको नेपाल पर्वतारोहण संघको अधिकार नवीकरण गरेको छ।

    मन्त्रिपरिषद् बैठकले अघिल्लो महिना २७ हिमालको व्यवस्थापनको अधिकार नेपाल पर्वतारोहण संघलाई नै दिने गरी अधिकार नवीकरण गरेको हो।

    यो नवीकरणको अवधि ५ वर्षको हुने छ। यसअघि २०७५ सालमा सरकारले २७ वटा हिमालको व्यवस्थापनको अधिकार संघलाई दिएको थियो।

    चुली इस्ट (६५८४ मि), हिउँचुली (६४३४ मि), मेरापिक (६४७० मि), लोबुजे (६०९० मि) लगायतका हिमाल प्रवर्द्धनसँगै रोयल्टी संकलनको काम समेत अहिले संघले गर्दै आएको छ।

    संघले अग्ला हिमालहरु चढ्नु अघि तालिमका रुपमा प्रयोग गर्न सकिने सानो उचाइका हिमालहरुलाई व्यवस्थापन गर्दै आइरहेको छ।

    संघले सरकारसँग थप हिमाल समेत व्यवस्थापनमा दिन माग गर्दै आएको छ।