कोशीलाई ११ रनले पराजित गर्दै एपीएफले जित्यो प्रधानमन्त्री कपको उपाधि - Chaitanya News
  • 2026-06-07
  • 13:37:01
  • आइतबार,जेठ २४, २०८३
  • कोशीलाई ११ रनले पराजित गर्दै एपीएफले जित्यो प्रधानमन्त्री कपको उपाधि

    कोशीलाई ११ रनले पराजित गर्दै एपीएफले जित्यो प्रधानमन्त्री कपको उपाधि

    काठमाडौं– कोशीलाई ११ रनले पराजित गर्दै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी–२० कपको उपाधि जितेको छ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ११५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा जम्मा १०३ रन बनाउन सक्यो।

    कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ६२, काजल श्रेष्ठले २२, अप्सरी बेगमले ८, लकिता राजवंशीले ६ र सवनम राईले अविजित २ रन बनाए।

    एपीएफका लागि सीता राना मगर र करुणा भण्डारीले १–१ विकेट लिए ।

    टस जितेर पहिले ब्याटिङ गरेको एपीएफका लागि इन्दु बर्माले सर्वाधिक ५३, ज्योति पाण्डेले २७, रोमा थापाले १४ रन बनाए। सरिता मगर ९ र करुणा भण्डारी २ रनमा अविजित रहे।

    बलिङ तर्फ कोशीका लागि अप्सरी बेगमले प्रतियोगिताकै पहिलो ह्याट्रिक विकेट लिइन्। अलिसा खडियाले २ विकेट लिइन्। रुविना क्षेत्री र निशा शाहले १–१ विकेट लिए।

    कोशीले पहिलो क्वालिफायर्समा एपीएफसँग ५२ रनले पराजित हुँदै दोस्रो एलिमिनेटरमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो। यसै प्रतियोगितामा कोशी तेस्रो पटक एपीएफसँग नै पराजित भएको हो।