नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी संगीता पहाडीलाई - Chaitanya News
  • 2026-05-29
  • 02:49:57
  • बिहिबार,जेठ १४, २०८३
  • नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी संगीता पहाडीलाई

    नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी संगीता पहाडीलाई

    काठमाडौँ– नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी कम्पनीका नायब प्रबन्ध निर्देशक संगीता पहाडी अर्याललाई दिईएको छ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि पहाडीलाई नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकेको हो।

    कम्पनीको नायब प्रबन्ध निर्देशकको रूपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी पहाडीले आजदेखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेकी हुन्।