नेपाल राष्ट्र बैंक आज १० अर्ब रुपैयाँ तरलता प्रसोचन गर्दै - Chaitanya News
  • 2026-05-29
  • 02:44:33
  • बिहिबार,जेठ १४, २०८३
  • नेपाल राष्ट्र बैंक आज १० अर्ब रुपैयाँ तरलता प्रसोचन गर्दै

    नेपाल राष्ट्र बैंक आज १० अर्ब रुपैयाँ तरलता प्रसोचन गर्दै

    काठमाडौं– नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ तरलता प्रसोचन गर्ने भएको छ। बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रियसँगै केन्द्रीय बैंकले ७ दिने निक्षेप संकलन उपकरणमार्फत उक्त तरलता तान्ने भएको हो।

    एक सूचना जारी गर्दै केन्द्रीय बैंकले निक्षेपका लागि दरखास्त आह्वान गरेको छ। अनलाइन विडिङ सिस्टममार्फत दिउँसा २ बजे बोलकबोल हुने निक्षेप संकलन आजै खरिद गरिने केन्द्रीय बैंकले जनाएको छ।

    इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन्। निक्षेप संकलनको परिपक्कता अर्थात् सावाँ ब्याज भुक्तानी यहीँ पुस २४ गते हुनेछ।