गठबन्धनलाई काउन्टर दिन ओली आज चितवन आउँदै - Chaitanya News
  • 2026-04-26
  • 01:49:57
  • शनिबार,बैशाख १२, २०८३
  • गठबन्धनलाई काउन्टर दिन ओली आज चितवन आउँदै

    गठबन्धनलाई काउन्टर दिन ओली आज चितवन आउँदै

    चितवन– नेकपा एमालेले आज चितवनमा चुनावी सभाको आयोजना गरेको छ। सभामा सम्बोधन गर्नको लागि एमाले अध्यक्ष केपी शर्मा ओली आज चितवन आउने भएका छन्।

    जिल्ला प्रहरी कार्यालयअगाडिको गेष्ट हाउस चौरमा एमालेको सभा हुन लागेको हो। अहिले बिहान ११ बजेबाट सभा सुरु हुने बताइएको छ। सोही गेष्ट हाउसको चौरमा दुई दिनअघि सत्तारुढ गठबन्धनले चुनावी सभाको आयोजना गरेको थियो। उक्त चुनावी सभामा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतले सम्बोधन गरेका थिए।

    देउवा र प्रचण्डको एमाले अध्यक्ष ओलीले सोही ठाउँबाट काउन्टर दिने भएका छन्। सभाअघि विभिन्न ठाउँबाट एमाले चितवनले चुनावी र्‍यालीको आयोजना गरेको जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए।