पानी माग्दै खनाल पुगे खानेपानी कार्यालयमा - Chaitanya News
  • 2026-05-29
  • 02:45:11
  • बिहिबार,जेठ १४, २०८३
  • पानी माग्दै खनाल पुगे खानेपानी कार्यालयमा

    पानी माग्दै खनाल पुगे खानेपानी कार्यालयमा

    काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीले काठमाडौँमा पानीको हाहाकार भएको भन्दै समस्या समाधानका लागि उपत्यका खानेपानी लिमिटेडको ध्यानाकर्षण गराएको छ।

    पार्टीका सम्मानित नेता झलनाथ खनालको उपस्थितिमा पार्टीको महानगर कमिटीले ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा पचासौँ अर्ब खर्च गरेको मेलम्ची आयोजना सुरु भएको ३ दशक पुगे पनि नियमित पानी दिन नसकेको भन्दै आलोचना गरिएको छ।

    महानगरका ३२ वटै वडाको घरका धाराहरूमा नियमित १ घण्टा पानी पठाउने व्यवस्था तत्काल गर्न पनि उनीहरूले माग गरेका छन्।