काठमाडौँ– सरकारले सिराहा जिल्ला प्रशासन कार्यालयबाट जारी भएका छ वटा नेपाली नागरिकता रद्द गर्ने निर्णय गरेको छ। हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
झुट्टा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय सिराहाबाट प्राप्त गरेका छ वटा नेपाली नागरिकताका प्रमाणपत्र रद्द गरी उनीहरूलाई नेपाली नागरिकबाट हटाउने निर्णय एक मन्त्रीले बताए।