प्रधानमन्त्री कप: सुदूरपश्चिमले कोशीलाई दियो ११९ रनको लक्ष्य - Chaitanya News
  • 2026-08-01
  • 18:31:49
  • शनिबार,साउन १६, २०८३
  • प्रधानमन्त्री कप: सुदूरपश्चिमले कोशीलाई दियो ११९ रनको लक्ष्य

    प्रधानमन्त्री कप: सुदूरपश्चिमले कोशीलाई दियो ११९ रनको लक्ष्य

    काठमाडौँ– प्रधानमन्त्री कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेशले कोसी प्रदेशलाई जीतका लागि एक सय १९ रनको लक्ष्य दिएको छ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै एक सय १८ रनको योगफल बनायो। सुदूरपश्चिमका लागि बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन। उनले ३९ बल खेल्दै पाँच चौका प्रहार गरिन्। त्यसै गरी सम्झना खड्काले २७ रन जोडिन भने कविता जोशीले २६ रन बनाइन । रेवती धामीले २० तथा रुबी पोडारले २ रन बनाइन।

    कोसी प्रदेशका लागि सबनम राई र अपसरी बेगमले समान एक(एक विकेट लिए। अहिले कोशी प्रदेश जवाफी ब्याटिङमा उत्रेको छ।