रक्तदान गर्नुअघि ध्यान दिनुपर्ने कुरा - Chaitanya News
  • 2026-05-05
  • 16:43:07
  • मंगलबार,बैशाख २२, २०८३
  • रक्तदान गर्नुअघि ध्यान दिनुपर्ने कुरा

    रक्तदान गर्नुअघि ध्यान दिनुपर्ने कुरा

    एजेन्सी– भनिन्छ रक्तदान जीवनदान हो। त्यसैले पनि रक्तदान गर्नुपर्दछ। यसो गर्नाले कोही पनि व्यक्तिको ज्यान बच्न सक्छ। तर, रक्तदान गर्नुअघि केही कुरामा ध्यान दिनुपर्ने हुन्छ।

    रक्सीको सेवन स्वास्थ्यका लागि एकदमै हानिकारक हो। रक्तदान अघि रक्सीको सेवन गर्नु हुँदैन। यसले शरीरमा डिहाइड्रेशनको समस्या पनि हुन सक्छ।

    शरीरमा हेमोग्लोबिनको कमी भएका व्यक्तिले पनि रक्तदान गर्नु हुँदैन। यसका लागि तपाईंले भरपूर मात्रामा आइरन भएको खाना खानुहोस्।

    यदि तपाईं कुनै रोगबाट ग्रस्त हुनुहुन्छ भने पनि पहिला नै जानकारी गराउनुहोस्।

    डाक्टरको सल्लाहअनुसार मात्रै रक्तदान गर्नुहोस्।

    रक्तदान गरेपछि चक्कर आउनु तथा शरीर अस्वभाविक महसुस हुनु सामान्य हो। त्यसैले प्रयाप्त निद्रा लिनु पनि आवश्यक हुन्छ।

    रक्तदान अघि राम्रोसँग निद्रा पूरा गर्नु आवस्यक छ।

    डिहाइड्रेशनको कारण शरीरमा धेरै समस्या देखिन थाल्छन्। यसका लागि झोलिलो पदार्थ तथा पानी प्रसस्त मात्रामा पिउनुहोस्। जसले गर्दा तपाईंको शरीर हाइड्रेट भइरहन्छ र रक्तदान गरेपछि चक्कर आउँदैन।

    यदि तपाईंलाई रुघाखोकी वा कुनै फ्लु लागिरहेको छ भने रक्तदान गर्नु हुँदैन। यसबाहेक पेटमा कुनै समस्या भएको बेला पनि रक्तदान गर्नु हुँदैन।