काठमाडौँ– पछिल्लो समय प्याजको आपूर्ति सहज हुन सकेको छैन। प्याजमा भारतले निर्यातमा रोक लगाउँदा आपूर्तिमा समस्या भएको छ।
हाल भारतबाट खुला सिमानाबाट प्याज आयात भएकाले आवश्यक मात्रामा उपलब्धता नभए पनि प्याज आपूर्तिमा केही सहज भएको छ। ‘हाल मागअनुसार प्याजको आपूर्ति भएको छैन, ‘तर बजारमा प्याजको सर्टेज भने छैन।
बजारमा आन्तरिक उत्पादन र भारतीय आलु आपूर्ति भएको । प्याज भने चीनबाट र केही भारतबाट आयात भएको देखिन्छ। ‘प्याज चीनबाट केही मात्रमा र व्यावसायीको व्यक्तिगत सम्बन्धबाट भारतबाट प्याज आपूर्ति भइरहेको छ।
प्याजको आपूर्ति ८० प्रतिशत घट्यो
कालीमाटी तरकारी बजारमा प्याजको आपूर्ति ८०३३ प्रतिशतले घटेको छ। प्याजको आन्तरिक उत्पादनको सिजन नभएकाले र भारतले प्याज निर्यातमा रोक लगाएकाले सोको आपूर्ति घटेको हो। सुकेको प्याज गत मङ्सिरमा १ लाख ३५ हजार ८ सय २० केजी कालीमाटीमा आपूर्ति भएको थियो । हाल सो आपूर्ति ८०।३३ प्रतिशतले घटेर हाल दैनिक २६ हजार ७ सय २० केजी प्याज आपूर्ति भएको समितिको दैनिक मूल्य सूचीमा उल्लेख छ। प्याजको सहज आपूर्ति नहुँदा बजारमा यसको मूल्य पनि वृद्धि भएको छ। गत मङ्सिर १० गते भारतीय प्याजको मूल्य ९५ रुपैयाँ ७५ पैसा प्रतिकेजी कारोबार भएको थियो। हाल प्याजको ४.४४ प्रतिशतले मूल्यवृद्धि भएको छ। हाल प्रतिकेजी एक सय रुपैयाँमा प्याजको कारोबार भएको कालीमाटी तरकारी बजारको दैनिक मूल्यसूचीमा उल्लेख छ। एक महिनाअगाडि भारतीय प्याज मात्रै मूल्य सूचीमा समावेश गरिएको थियो। अहिले भारतीय प्याज एक सय रुपैयाँ प्रतिकिलो पर्ने र चीनको प्याजको मूल्य ८५ रुपैयाँ प्रतिकिलो पर्ने मूल्य सूचीमा उल्लेख छ।