जुम्ला विमानस्थलमा हवाई टिकटमा मनपरी रोक्न कोटा छुट्याउने सहमति - Chaitanya News
  • 2026-11-19
  • 14:00:47
  • बिहिबार,मंसिर ०४, २०८३
  • जुम्ला विमानस्थलमा हवाई टिकटमा मनपरी रोक्न कोटा छुट्याउने सहमति

    जुम्ला विमानस्थलमा हवाई टिकटमा मनपरी रोक्न कोटा छुट्याउने सहमति

    काठमाडौँ– लामो समयदेखि जुम्ला विमानस्थलमा हवाई टिकट वितरणमा देखिएको मनपरी रोक्न सरोकारवालाले कोटा प्रणाली लागू गर्ने सहमति गरेका छन्।

    विमानस्थलमा निजी हवाई कम्पनीले मनपरी रूपमा टिकट बाँड्ने, विमानस्थलबाहिर कार्यालय नखोल्ने, फोनको भरमै आफन्तलाई टिकट दिने र सर्वसाधारण नागरिकले सहजै टिकट नपाउने जस्ता गुनासो बढेपछि विमानस्थल कार्यालयले सर्वपक्षीय बैठक बोलाएको थियो।

    सर्वसाधारण र बिरामीले जहाजको टिकट पाउन सहज नभएको गुनासो आएपछि सर्वपक्षीय बैठक आह्वान गरिएको पजल्ला प्रशासन कार्यालयले जनएको छ। बैठकले विमानस्थलमा टिकट वितरण प्रक्रिया पारदर्शी हुनुपर्ने र एक दिनअगावै यात्रुको हातमा टिकट थमाइसक्नुपर्ने निर्णय गरेको छ। जुम्ला विमानस्थलमा सञ्चालित प्रत्येक वायुसेवा कम्पनीले आपसमा सहकार्य गरेर टिकट वितरण सहज बनाउनुपर्ने र हरेक विमान कम्पनीले १० सिट सर्वसाधारणका लागि उपलब्ध गराउनुपर्ने निर्णयसमेत गरेको जनाइएको छ।

    प्रत्येक उडानमा बिरामी, अशक्त र सुरक्षाकर्मीका लागि दुई(दुई सिट, जिल्ला प्रशासनका लागि दुई सिट जहाज उड्ने अन्तिमसम्म छुट्याउनुपर्ने र अत्यावश्यक काम भएका यात्रुलाई प्राथमिकतामा राखिनुपर्ने निर्णय गरिएको छ।