नेपाली उत्पादन जस्मिन पेन्ट्स ३० औँ वर्षमा - Chaitanya News
  • 2026-05-29
  • 02:04:08
  • बिहिबार,जेठ १४, २०८३
  • नेपाली उत्पादन जस्मिन पेन्ट्स ३० औँ वर्षमा

    नेपाली उत्पादन जस्मिन पेन्ट्स ३० औँ वर्षमा

    काठमाडौँ– आजभन्दा करिब तीस वर्ष अगाडि नेपालमा भर्खर आधुनिक घरहरू निर्माण सुरु हुने प्रक्रिया बढ्दै थियो। सोही क्रममा रंगरोगनको माग पनि बिस्तारै बढ्दै थियो।

    चितवन भरतपुरका तीन दाजुभाइ गुणनिधि अर्याल, लक्ष्मण अर्याल र मधुसूदन अर्यालले अवसरको खोजी गरिरहेका थिए। सुरुमा उनीहरूले कपडा धुने सर्फ, नेल पोलिस लगायत उत्पादन गरेपनि चित्तबुझ्दो व्यापार भएन।

    सामान्य पारिवारिक पृष्ठभूमि अनि सामान्य लगानीबाट सुरु भएको जस्मिन पेन्ट्स अहिले स्वदेशी पेन्ट्स उद्योगको क्षेत्रमा उत्कृष्ट बन्न सफल भएको छ। अर्यालका अनुसार, मुलुकभरका करिब ६० जिल्लाका एक हजार डिलरले जस्मिन पेन्ट्सको व्यापार प्रवर्द्धनमा सहयोग गरिरहेका छन्। अहिले उद्योगमा २ सयभन्दा बढीले रोजगारी पाएका छन्।

    उद्योगले हालै ताइवानको इनोभेसन टेक्नोलोजी पेन्ट्स कम्पनी लिमिटेडसँग टेक्नोलोजी कोल्याब्रेसन पार्टनरशीप समेत गरेको छ। भविष्यमा नवीन प्रविधि र उपभोक्ताको माग अनुसारको अझ उत्कृष्ट उत्पादनहरू बजारमा ल्याउने उद्योगको योजना छ।

    वि।सं। २०५१ बाट पेन्ट्स उत्पादन सुरु गरेको जस्मिनले विभिन्न माइलस्टोनहरू पार गर्दै नेपालकै नम्बर एक पेन्ट्स बन्न पुगेको कम्पनीका निर्देशक मधुसूदन अर्यालले बताए । उनले भने उद्योगमा अहिले अर्बभन्दा बढी लगानी पुगिसकेको छ।

    यसबीचमा कम्पनीका उत्पादनले आईएसओ गुणस्तर चिह्न ९००१ः२००० सर्टिफिकेट पाइसकेको छ। यस्तै जस्मिन पेन्ट्सले सन् २०१८ मा ‘इन्टरनेसनल बिआईडी क्वालिटी अचिभमेन्ट गोल्ड अवार्ड–लण्डन’ र ’नेपाल बेस्ट ब्राण्ड लिडरशीप अवार्ड–२०१८’ पाइसकेको छ । साथै भरतपुर महानगरपालिकाले त्यस क्षेत्रकै उत्कृष्ट उद्योग तथा उत्कृष्ट करदाताको रूपमा कम्पनीलाई सम्मानित समेत गरेको छ ।

    दैनिक २० टनसम्म उत्पादन क्षमता

    सुरुवाती समयमा दैनिक एक टन मात्रै उत्पादन गरेको यस उद्योगले हाल दैनिक २० टनसम्म उत्पादन गर्दछ । जस्मिन पेन्ट्सका हालका अत्याधिक रुचाइएका उत्पादनमा बाहिरी भित्ताका लागि ‘कूल पेन्ट्स’ रोयल ग्लेज, वेदर केयर रहेका छन् भने भित्ती भित्ताका लागि होम, ट्रिम, म्याजोलिका ईमल्सन रहेका छन् ।

    यस्तै अन्य रङ्गरोगनका लागि आवश्यक इनामेल, डिस्टेमर, प्राइमर, ड्याम कन्ट्रोल पनि उद्योगमा उत्पादन तथा बिक्री हुँदै आएको छ। साथै आगामी दिनमा थप नयाँ उत्पादन ल्याउने गरि काम भइरहेको कम्पनीका नेशनल सेल्स म्यानेजर डिल्लीराम पौडेलले बताए।

    उद्योगले सामाजिक उत्तरदायित्व अन्तर्गत खासगरी बालबालिका र वृद्धवृद्धालाई सहयोग गर्दै आइरहेको छ। साथै मिसीका फाउन्डेसनमार्फत विभिन्न स्कुलहरूमा पनि सहयोग गर्दै आइरहेको छ। २०७२ को भुकम्प पछि पर्यटकको लागि नेपाल सुरक्षित छ भन्ने सन्देश दिँदै जस्मिन पेन्ट्सको झन्डा सगरमाथामा फहराइएको थियो। साथै विश्वकै ठूलो ढाका टोपी निर्माण गरी सो को विभिन्न मेला र पर्वहरूमा प्रदर्शन गर्दै आएको अर्याल बताए। वार्षिकोत्सवका अवसरमा उद्योगले रक्तदान तथा विभिन्न सहयोग लगायतका सामाजिक काम गरिने अर्यालले जानकारी दिए।