तीन सहसचिवका लागि सम्भाव्य उपसचिवको नामावली प्रकाशित - Chaitanya News
  • 2026-09-15
  • 22:38:38
  • मंगलबार,भाद्र ३०, २०८३
  • तीन सहसचिवका लागि सम्भाव्य उपसचिवको नामावली प्रकाशित

    तीन सहसचिवका लागि सम्भाव्य उपसचिवको नामावली प्रकाशित

    काठमाडौँ– तीन सहसचिवका लागि सम्भाव्य उपसचिवको नामावली प्रकाशित गरिएको छ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बढुवा सम्भाव्य उम्मेदवारहरूको कार्यक्षमताको आधारमा योग्यताक्रमसहित नामावली सार्वजनिक गरेको हो। परराष्ट्र सेवातर्फ दुई जना सहसचिवका लागि चार जनाको आवेदन परेको छ भने कृषि सेवातर्फ एक सहसचिवका लागि ६ जनाको आवेदन परेको छ।

    परराष्ट्र सेवातर्फ कार्यक्षमताको आधारमा उपसचिव विष्णुप्रसाद गौतम र तीर्थराज अर्याल नाम क्रमशः एक र दुई नम्बरमा छ भने कृषि सेवातर्फ एग्री इको मार्केटिङ एण्ड स्टाटिस्टिक्स समूहका उपसचिव टीकाराम शर्मा एक नम्बरमा छन्।

    यस्तै परराष्ट्र सेवातर्फ मणिरत्न शर्मा र लोक बहादुर पौडेल क्षेत्रीले आवेदन दिएका थिए। तर उनीहरू गौतम र अर्यालभन्दा पछाडि छन्। यसैगरी कृषि सेवातर्फ शर्मासँगै शंकरप्रशाद साह, ललन कुमार सिंह, बद्रीप्रसाद दाहाल, कलशराम चौधरी र सुनिल कुमार सिंहले आवेदन दिएका थिए।