किन घुर्छ मान्छे? के छन् यसका उपचारका विधि? - Chaitanya News
  • 2026-05-05
  • 16:43:21
  • मंगलबार,बैशाख २२, २०८३
  • किन घुर्छ मान्छे? के छन् यसका उपचारका विधि?

    किन घुर्छ मान्छे? के छन् यसका उपचारका विधि?

    आफ से आफ निस्कने एक प्रकारको आवाज, जो सुतेर निधाएको बेलामा स्वास लिँदा निस्कछ , त्यसलाई घुर्नु (स्नोरिङ) भनिन्छ।

    सामान्यतया निधाएको बेलामा घुर्र्नु कुनै रोगको परिभाषा भित्र पर्दैन।किनकी यस्तो बेलामा घुर्ने मान्छेलाई न अप्ठेरो महसुस हुन्छ , न दुखाई महसुस हुन्छ , न खान नरुच्ने नै हुन्छ। उसले आफूबाट त्यसरी आवाज आएको छ भन्ने समेत पत्तो नै पाउदैन । यसले संगै सुत्ने वा नजिकै सुत्ने अर्को व्यक्तिलाई असर मात्रै पार्ने काम गर्छ।

    घुर्ने बारेमा पश्चिमा राष्ट्रमा रोचक तथ्य छ। ७०–८० को दशकमा बेलायतमा लोग्ने स्वास्नीबीच पारपाचुके निकै बढेर गयो। आफैले रोजेर प्रेम विवाह गर्ने संस्कृति बोकेको मुलुकमा यसरी एकाएक घरबार टुक्रिने कारण खोज्न राज्यले उच्चस्तरीय समिति बनायो त्यसबाट थाह भयो ७५ प्रतिशत पारपाचुके हुनुको कारण त्यहि घुराई नै रहेछ। कारण थाहापाएपछि बेलायतीहरुले घुर्नुलाई पनि स्वास्थ्य समस्याको रुपमा लिएर अनुसन्धान अघि बढाए।

    पछिल्लो समयमा बैज्ञानिकहरुले घुराई आफैमा रोग नभएपनि रोगको संकेत हो भनेर भनेका छन्। बढी घुर्ने व्यक्तिमा कुनै न कुनैको समस्या हुन्छ भनेर जान्दा हुन्छ भन्ने बैज्ञानिकहरुको तर्क छ। त्यसैले बढी घुर्ने व्यक्ति आफ्नो स्वास्थयमा बढी चनाखो हुनु जरुरी छ।

    घुर्नुको कारण के हो?
    हाम्रो शरीरको एउटा महत्वपूर्ण प्रणाली मध्येको हो पाचन प्रणाली। त्यसको लागि मुखबाट नै अंग जोडिएर पेट सम्म पुगेको हुन्छ। त्यस्तै अर्को महत्वपूर्ण प्रणाली स्वासप्रस्वास प्रणाली मानिन्छ। त्यसको अंग पनि नाकबाट जोडिएर पेट सम्म पुगेको हुन्छ। यी दुई छुट्टा छुट्टै प्रणाली भएपनि यसका अंगको कति पय भागले एउटै काम गरेको हुन्छ। त्यसलाई हामीले ‘एरो डाइजेस्टिक ट्रयाक’ भन्छौ।

    अझ सजिलोसंग बुझौ, हामी मुखले पनि स्वास लिन्छौँ , नाकले पनि स्वास लिन्छौँ। नाकबाट जाने स्वास नलि र मुखबाट जाने अन्ननलि रुद्रघण्टी मुनी पुगेपछि मात्रै आ – आफ्नो प्रकृयाको लागि छुटिन्छ। त्यसभन्दा माथिको भागमा एकै रुपमा आउछ। त्यहि भागलाई हामी ‘एरो डाइजेष्टिक ट्रयाक’ भन्छौँ। स्वासप्रस्वास प्रकृयामा जव त्यहि (एरो डाईजेष्टिक ट्रयाक) भागमा अवरोध हुन्छ मान्छे घुर्न थाल्छ।

    मुखको ठयाक्कै पछाडी भएको जिव्रो भन्दा माथि र तालुभन्दा तलको घाटीको भाग (मुखे घाटी)भन्छौँ । त्यस्तै त्यसभन्दा मुनी रुद्रघण्टी भन्दा पछाडीको अर्को भाग जसलाई नाकेघाटी भन्छौँ। यी भागमा कुनै पनि कारणले समस्या आएमा मान्छे घुर्न थाल्छ।

    कस्ता व्यक्ति बढी घुर्छन?
    –नाकमा समस्या भएका व्यक्तिहरु।
    –तालुको समस्या भएका व्यक्तिहरु।
    –लिगलिगे (मुखको भित्रि भागमा झुण्डीएको सानो मासुको भाग) मा समस्या भएका व्यक्तिहरु।

    अन्य कारणहरु:
    –नाक भित्रको मासु सुन्निएको छ भने।
    –नाकको डाडी टेढो छ र स्वास फेर्न बाधा पुगेको छ भने।
    –नाकमा मासु पलाएको (पालिक) छ भने।
    –तालु (प्यालेट) सुन्निएको छ भने।
    –लिगलिगे मोटो भएमा।
    –मुखे घाटीको भाग साघुरियो भने।
    –नाकेघाटीको भाग साघुरियो भने।

    घुर्नुको अरु कारण पनि हुन्छन कि?

    मानिसलाई घुर्ने बनाउने एक प्रकारको रोग पनि हुन्छ। त्यसलाई हामीले ‘स्लिप अप्नीया सिन्ड्रम’ वा ‘अक्सट्रप्टीभ अप्नीया सिन्ड्रम’ भनिन्छ। यो रोग लागेको व्यक्ति दिउसोमा पनि बढी निधाउने , बोल्दा बोल्दै छिटो निदाउने र घुरी हाल्ने गर्छ।

    कतिपय कार्यक्रमका बेला मञ्चमा अथिति बनेका व्यक्तिहरु घुरेर निदाएको देखिन्छ , यता कार्यक्रम चलिरहेको भएपनि उनिहरु निदाउछन त्यो आनन्दले निदाएको वा वेवास्ताले निदाएको होइन यहि ‘अक्सट्रप्टीभ अप्नीया सिन्ड्रम’को कारणले भएको हो। यस्ता व्यक्तिहरुलाई निदाए पनि झकझक्याउन पर्छ। नत्र कहिले काही अप्ठेरो पार्न सक्छ।

    समाधानको उपाय छैन त?
    यसको उपचार भनेको माथि उल्लेखीत समस्याहरुको सर्जरी वा अप्रेसन गर्नु हो। त्यसबाहेक भरपर्दो उपचार छैन। यद्धपी खानपीन, शारीरिक व्यायमले पनि कहिलेकाही नियन्त्रण गरेको पाइन्छ। किनभने बोसोले नलि साघुरयाउने काम गर्छ। त्यसैको अवरोधले मान्छे घुर्न थाल्छ।

    कस्ता व्यक्तिलाई हुन्छ यो समस्या?
    यस्तै व्यक्ति भन्ने हुदैन। किनकी सबैको अंग एकैनासको हुदैन तर प्राय लोग्ने मान्छेमा बढी देखिन्छ। मोटो व्यक्ति, शारीरिक व्यायम नगर्ने व्यक्ति, मांसहारी व्यक्ति, सूर्तिज्यन्य पदार्थ तथा मदिराजन्य पदार्थ सेवन गर्ने व्यक्तिमा यो समस्या बढेको पाइन्छ।