तपाँईको आजको राशिफल - Chaitanya News
  • 2026-11-19
  • 13:46:59
  • बिहिबार,मंसिर ०४, २०८३
  • मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    आफूलाई कमजोर भएको अनुभूति हुनेछ। मन खिन्न हुने स्थिति आउनेछ । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। खर्चिलो यात्रा रहला।

    मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
    पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ।

    सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    स्वास्थ्यमा समस्या आउने छ। सहकर्मीबाट विरोध आउला। गरेका काममा ढिलासुस्ती हुनेछ। महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला।

    तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    छोटो दूरीको लाभदायक यात्रा रहला। शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ। भूमिबाट लाभ रहला।

    धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    शुभकार्यको चर्चा चल्ने छ। रमणीय र सुखद यात्राको योग छ। पार्टी तथा सेमिनारमा सहभागी भईएला। जोश, जाँगर र हिम्मत बढ्ने छ।

    कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
    वाक्चतुर्याईले सङ्कल्पसिद्ध हुनेछ। साथीभाइसँग समय बित्ने छ। व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभब मिल्ने छ।

    वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    चिताएको कामले तीव्रता लिनेछ। कला, साहित्यमा रुची बढ्ने छ। बैदेशिक कार्य अघि बढ्ने छ। घर, जग्गाको कारोबारमा सफलता मिल्ने छ।

    कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    रमाइलो यात्राको सम्भावना छ। रोकिएको धन हात पर्ला। नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला।

    कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    श्रमको उचित मुल्याङ्कन हुनेछ। बिना प्रतिस्पर्धा फाइदा हुने योग छ। जोश, जाँगर र उमंग बढ्ला। आर्थिक कारोवारमा सफलता पाइएला।

    वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
    राजनैतिक कार्यमा सफलता मिल्ने छ। विपरीत वर्गप्रति आकर्षण बढ्ने छ। वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ। घरमा अतिथीको आगमन हुनेछ।

    मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
    ठीक समयमा सही निर्णय लिन सकिनेछ। महत्वपूर्ण कामको थालनी हुनेछ। समाज सेवामा मन लाग्नेछ। मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ।

    मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    रोजगारको अवसर मिल्ने छ। महिला वर्गबाट विशेष सहयोग मिल्ने छ। वित्तीय संस्थाबाट सहयोग पाईनेछ। अरुलाई प्रभावित पारेर काम बन्ने छ।