बदलिदो जीवनशैली तथा गलत खानपानका कारण शरीरमा विभिन्न किसिमको रोग लाग्ने गर्छ। यसको मुख्य कारण भनेको अस्वस्थ्यकर खानपान तथा बदलिदो जीवनशैली नै प्रमुख हो।
आश्चर्यजनक के छ भने, ९० प्रतिशत मानिसको मृत्यु क्यान्सर रोगको कारण नभई उपचारको क्रममा मृत्यु हुने गर्छ त्यसैले, निकै सावधानीपूर्वक यसको उपचार जरुरी छ।
के हो क्यान्सर?
क्यान्सर एक प्रकारको प्राणघातक रोग हो। क्यान्सरबाट पिडित विरामी सपिजलै ठीक हुँदैनन्, किनकी यस रोगको लक्षण ढिला पत्ता लाग्छ। र, संसारमा क्यान्सर रोगको स्थायी उपचार अहिलेसम्म पत्ता लागेको छैन। समय रहँदै यस रोगको उपचार सही तरिकाले नभएको खण्डलाई यसलाई रोक्न मुश्किल हुन्छ।
शरीरमा कसरी हुन्छ क्यान्सर?
शरीरमा हजारौको संख्यामा खराब कोशिका हुन्छन्। प्रत्येक सेकेन्डमा नयाँ कोशिका पैदा हुन्छ र पुरानो खराब कोशिका नष्ट हुन्छन्। तर क्यान्सर भएमा रातो तथा सेतो रक्तकोषिको सन्तुलन विग्रन थाल्छ। र, कोषिकाको विकास अनियन्त्रित रुपमा भएर क्यान्सरको रुपमा परिणत हुन्छ।
क्यान्सरका प्रकार:
क्यान्सर चार प्रकारको हुन्छ।
सारकोमा क्यान्सर : यो रगत तथा हड्डीसित सम्बन्धित हुन्छ।
कार्सिनोमा क्यान्सर : यो छालासित सम्बन्धित हुन्छ।
लिम्फोमा क्यान्सर : लिम्फोमा नामक क्यान्सर ग्रन्थीसित सम्बन्धित हुन्छ।
ल्यूकेमिया क्यान्सर : रगत बनाउने कोशिकाको क्यान्सरलाई नै ल्यूकेमिया क्यान्सर भनिन्छ।
क्यान्सर हुनुको कारण:
(मादक पदार्थको सेवन (जस्तै, खैनी, सुर्ती, पान, मसाला, विडी, चुरोट, मदिरा इत्यादी।
(खानपान जस्तै, चिल्लो तथा वोसोयुक्त खानेकुराको सेवन, अत्याधिक मात्रामा नुनको सेवन, पचाउन समय लाग्ने खानेकुराको सेवन, ज्यादा समय एकै ठाउँमा बसेमा।
– मोटोपना, हेपाटाइटिस बी तथा एचआईभीको भाइरसका कारण।
– महिलामा क्यान्सरको हुनुको कारण स् नवजात शिशुलाई आमाको दूध नपिलाए, गर्भनिरोधक चक्कीको अत्याधिक प्रयोग।
– महिनावारी पश्चात्त काखी वा स्तनमा गाँठो देखिनु।
–स्तनमा कुनै किसिमको बदलाव देखिनु वा खाल्डो पर्नु।
क्यान्सरका लक्षण:
–मुखभित्र छाला पर्नु, मुख सोरिनु तथा पूरा नखुल्नु
–खाना खान, चपाउन, निल्न तथा पचाउन समस्या हुनु
– कम्मरमा सदैव पिडा महसुस हुनु
– पिसाबमा रगत आउनु, पिसाबको समय बदलिनु
– लगातार खोकी लाग्नु, आवाज सुक्नु तथा खकारमा रगत देखिनु
– स्तन तथा शरीरको कुनै अंगमा गाँठागुठी देखिनु
– शरीरमा रगतको कमी हुनु, एनिमियाको समस्या हुनु
– प्रोस्टेट परीक्षणमा असामान्य नतिजा आउनु
– रजनोवृत्तिमा समेत रगत आउनु
क्यान्सरबाट बच्ने घरेलु उपचार:
–पान, सुपारी, चुरोट, लगायतका कुनै पनि सुर्तीजन्य पदार्थको सेवन नगर्ने।
– प्रशस्त मात्रामा फलफूल तथा हरियो साजसब्जीको सेवन गर्ने।
– कागती, सुन्तला तथा मौसमको जुस पिउने।
– गाईको मुत्र, गहुँको जमरा क्यान्सर रोगको उपचारमा रामवाण मानिन्छ।
– कुनै पनि रोगमा आवश्यकता अनुसार मात्र औषधीको सेवन गर्ने। अनावश्यक औषधी नखाने।
–बदाम, किसमिस लगायतका ड्राई फ्रुट्सको सेवनले क्यान्सर रोग फैलिदैन।
– नुनको प्रयोग कम गर्ने, नियमित एक्सरसाइज गर्ने।
– धेरै मानिससित यौन सम्पर्क राख्नाले पनि क्यान्सर रोग लाग्ने सम्भावना उच्च हुन्छ।